संविधानलाई लिएर कति राजनीतिक खेती गरिरहने ? : प्रधानन्यायाधीश
शनिबार, २५ पुस २०७२, ०० : २६
काठमाडौँ - प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधानलाई लिएर सधैं राजनीतिक खेती गरिरहन नहुने बताएका छन् ।
संवैधानिक कानुन व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको संविधान संवाद र विवादित अन्तरवस्तु नामक पुस्तक लोकार्पणमा उनले संविधानमाथि धेरै राजनीतिक भएकाले विकास निर्माण पछाडि परेको धारणा राखे ।
प्रधानन्यायाधीश श्रेष्ठले संविधान दलबीचको न्यूनतम सहमतिको दस्तावेज भएकाले त्यसको कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले २००७ सालदेखिको संविधानमाथिको राजनीतिक खेल खेलिरहने र आफूहरु नसुध्रिने तर संविधानलाई तह लगाउने खेती भइरहेको टिप्पणी गरे ।
महान्यायाधीवक्ता हरिकृष्ण कार्कीले संविधानमा भएका कमीकमजोरीलाई संशोधन गर्दै कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिए ।
संवैधानिक समितिका पूर्वसभापति निलम्बर आचार्यले संविधानको विषयलाई लिएर तराईमा आन्दोलन गर्ने व्यक्तिलाई वार्ताका माध्यमबाट सहमति खोज्न आग्रह गरे ।
सद्भावना पार्टी आनन्ददेवीका पूर्वअध्यक्ष सरिता गिरी, प्राडा ओम गुरुङ, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराई, संविधानविद् डा भीमार्जुन आचार्यले पुस्तक संविधानप्रति जिज्ञासा राख्नेका लागि उपयोगी सन्दर्भ सामग्री भएको धारणा राखे ।
मञ्चका अध्यक्ष डा चन्द्रकान्त ज्ञवालीले कानुनको विषयमा सहज र सरलरुपमा जानकारी लिनुका साथै प्राज्ञिक अनुसन्धानका लागि उपयोगी होस् भन्ने उद्देश्यले पुस्तक लेखिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण