मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

विष सेवनबाट महिलाको मृत्यु

शनिबार, २५ पुस २०७२, १० : २८
शनिबार, २५ पुस २०७२

पाल्पा–विष सेवनबाट पाल्पामा एक महिलाको मृत्यु भएको छ ।

गुल्मी रुरु गाविस–७ की ४१ वर्षीय सपना रसालीको आज बिहान ६ बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पा तानसेन–४, सिल्खानटोल बस्दै आएकी उनले हिजो ३ बजे विष सेवन गरेको थाहा पाएपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी गराएको छ ।

रसालीले कुन विष सेवन गरेको भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप