धोनीलाई अदालतमा उपस्थित हुन आदेश
शनिबार, २५ पुस २०७२, १५ : ५७
नयाँ दिल्ली –भारतीय क्रिकेट टिमका एकदिवसीय कप्तान महेन्द्र सिंह धोनीलाई स्थानीय अदालतले उपस्थित हुन आदेश दिएको छ । एक पत्रिकामा छापिएको तस्विरका कारण धोनीलाई अदालतले उपस्थित हुने आदेश दिएको हो । बिजनेस टुडे नामक पत्रिकाको सन् २०१३ को अप्रिल महिनाको अंकमा धोनीलाई भगवानको अवतारको रुपमा कभर बनाइएको थियो । त्यही विषयलाई लिएर दायर गरेको मुद्दामा ३४ वर्षीय विकेट किपर ब्याटसम्यान अनन्तपुर अदालतमा उपस्थित हुनु परेको हो । विश्व हिन्दु परिषद्का नेता श्याम सुन्दरले दायरको मुद्दामा धोनीको विरुद्ध अदालतले नन–बेलेबल वारेन्ट जारी गरेको हो । धोनीमाथि हिन्दु धर्मावलम्बीको भावनामा आघात पुर्याएको आरोप लगाइएको छ ।
धोनीका वकिलले भने अदालतको निर्णय त्रुटिपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । उक्त कभरमा धोनीको कुनै पनि हात नरहेको उनले स्पष्टिकरण दिए । ‘धोनीले उक्त कभरका लागि तस्विर खिचाएका होइनन् र उनलाई उक्त तस्विरको बारेमा जानकारी पनि थिएन,’ धोनीका व्यवस्थापक अरुण पाण्डेले इएसपीएन क्रिक इन्फोसँग कुरा गर्दै भने । उनलाई आगामी फेब्रुअरी २५ मा अदालतमा उपस्थित हुनु भनिएको छ । त्यसको एक हप्तापछि भारतमै टी–२० विश्वकप शुरु हुँदैछ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण