चलचित्र बनाउने चक्करमा जेलबाट भागेका कुख्यात ड्रग माफिया पक्राउ
लस माचिस – ६ महिनाअघि जेलबाट भागेका मेक्सिकोका कुख्यात ड्रग माफिया जेआक्विन ‘एल चापो’ गुजमान पुनः पक्राउ परेका छन् । देशकै सबैभन्दा सुरक्षित मानिएको अल्टीप्लानो कारागारबाट भाग्न सफल एल चापोलाई पुनः त्यही कारागारमा पठाइएको छ । मेक्सिकोका राष्ट्रपति पेना नेटोले आफै ट्वीट गर्दै एल चापो पक्राउ परेको जानकारी दिए । विश्वकै शक्तिशाली र खतरनाक सिनालोआ ड्रग कार्टेलका प्रमुख एल चापो पक्राउ परेको यो तेस्रो अवसर हो । गत जुलाईमा मध्य मेक्सिकोमा रहेको अल्टीप्लानो फेडरल जेलबाट उनी भागेका थिए । एक माइल लामो सुरुङ्ग बनाएर उनी त्यहाँ उम्कन सफल भएका थिए । मेक्सिकोका न्यायाधीवक्ता आर्ले गोमेजका अनुसार एल चापोले आफ्नो जीवनमा आधारित चलचित्र बनाउन केही अभिनेता र चलचित्र निर्मातालाई सम्पर्क गरेका थिए । त्यहीँबाट उनी लुकेको स्थानको पत्ता लागेको थियो । उनी बसेको स्थान लस माचिस रहेको पत्ता लागेपछि मेक्सिन नेभीले उनलाई पक्रन अपरेशन चलाएको थियो । अपरेसनका दौरान एल चापोका ५ सहयोगी र एक मरिनको पनि मृत्यु भएको बताइएको छ । अपरेशनबाट एल चापोसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एल चापोका दाहिने हात मानिने एल चोलो पनि पक्राउ परेका छन् । नेभीको अपरेशन शुरु हुने बित्तिकै एल चापो नालीबाट भाग्न खोजे पनि उनी पछि पक्राउ परे । एल चापो बसेको स्थानबाट ठूलो मात्रामा हतियार बरामद गरिएको नेभीले बताएको छ । मेक्सिकोका राष्ट्रपतिले एल चापो पक्राउ पर्नुलाई विधिको शासनको जीत भएको बताएका छन् । चापो पहिलो पटक सन् २००१ मा जेलबाट भागेका थिए । त्यसपछि उनी लगभग १३ वर्षपछि सन् २०१४ को फ्रेब्रुअरीमा पुनः पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण