मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

‘सुल्तान’मा सलमानको जोडी अनुष्का

शनिबार, २५ पुस २०७२, १६ : ४१
शनिबार, २५ पुस २०७२

मुम्बाई – सलमान खानको आगामी चलचित्र सुल्तानको लागि लामो समयदेखि नायिकाको खोजी चलिरहेको थियो । अन्ततः त्यो खोज पूरा भएको छ । सलमानको अपोजिटमा अनुष्का शर्मा चलचित्रमा देखिने भएकी छिन् । अनुष्काले आफै ट्वीट गर्दै सो कुराको जानकारी दिएकी हुन् । अनुष्काले ट्वीटर र इन्सटाग्राममा सलमानसँग तस्विर सेयर गर्दै ‘सुल्तान’ लेखेकी छिन् । अली अब्बासद्वारा निर्देशित चलचित्र सुल्तानमा सलमान ४० सालका हरियाणाका रेस्लरको भूमिकामा देखिने छन् । यो चलचित्र सन् २०१६ को इदमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप