युइएफए वर्ष टोलीमा बार्सिलोनाको वर्चश्व
जुरिच – युइएफएले घोषणा गरेको वर्ष टोलीमा वार्सिलोनाका खेलाडीहरुले अधिकांश स्थान ओगट्न सफल भएका छन् । टोलीमा बार्सिलोनाका ५ खेलाडीहरु समावेश छन् भने शुरुवाती ११ मा प्रिमियर लिगका कुनै पनि खेलाडी टोलीमा पर्न सकेनन् । बार्सिलोनाबाहेक ला लिगाकै अर्को टोली रियल म्याड्रिडका ३, जर्मन टोली बायर्न म्युनिखका २ तथा इटालियन क्लब युभेन्टसका एक खेलाडी समावेश छन् । ४–३–३ को फर्मेसनमा घोषणा गरिएको टोलीमा गोलकिपर बायर्नका म्यानुअल नुयर रहेका छन् भने डिफेन्समा ड्यानी आल्भेस (बार्सिलोना) सर्जियो रामोस (रियल म्याड्रिड) जेरार्ड पिके (बार्सिलोना) र डेभिड अलाबा (बायर्न म्युनिख) रहेका छन् । मिडफिल्डमा पाउल पोग्बा (युभेन्टस), हामेज रोड्रिग्वेज (रियल म्याड्रिड) र आन्द्रे इनियेस्टा (बार्सिलोना) रहेका छन् । फरवार्डमा बार्सिलोनाको चर्चित एमएसएनले रियलको रेकर्ड तोड्दै एकै सिजन १ सय ८० गोल गरे पनि त्यसबाट लियोनेल मेस्सी र नेयमार मात्र छानिए । लुइस सुवारेज भने टोलीमा पर्न सकेनन् । सुवारेजको स्थानमा रियलकै रोनाल्डो परे । उनले गत सिजन कुनै ट्रफी नजिते पनि ५२ खेलमा ५४ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण