‘अश्लिल कार्यक्रम’ ले फँसे करण, दीपिका पनि तानिँदै
मुम्बाई – एआइबी नकआउट नामक कार्यक्रम सञ्चालन गरेका कारण बलिवुड निर्माता तथा निर्देशक करण जोहर प्रहरी मुद्दामा परेका छन् । सोही कार्यक्रमविरुद्ध दायर गरिएको मुद्दाको विषयमा मुम्बाई प्रहरीले शनिबार करणलाई बयानका गर्नका लागि बोलाएको छ । सन् २०१३ को डिसेम्बरमा आयोजना गरिएको उक्त कार्यक्रम अश्लिल डयलगका कारण विवादमा आएको थियो । जसविरुद्ध मुद्दा समेत दायर गरेको थियो । अदालतले यस विषयमा प्रहरीलाई एफआइआर दर्ज गर्न र जाँच रिर्पोट पेश गर्न आदेश दिएको थियो । मुम्बाई प्रहरीका एक अधिकारीका अनुसार करणको बयान चार्टसिटको एक महत्वपूर्ण हिस्सा हुनेछ जसलाई अदालतमा पेस गरिनेछ । करण भने हाल लण्डनमा रहेका छन् । प्रहरीका अनुसार यस मामिलामा अर्जुन कपुर, रणवीर सिंह र दीपिका पादुकोनलाई पनि बयानका लागि बोलाइनेछ । स्टान्डअप कमेडियनहरुको समूह एआएबीले ‘एआइबी रोस्ट नकआउट’ नामक च्यारिटी कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमलाई ४ हजार दर्शकले हरेका थिए । उक्त कार्यक्रममा अश्लिल डायलग प्रयोग गरेर अर्जुन र रणवीर लगायत धेरैको खिल्ली उडाइएको थियो । उक्त कार्यक्रममा करण प्रस्तोता थिए । कार्यक्रमको भिडियो सन् २०१४ को जनवारी २८ मा युट्युवमा अपलोड गरियो । त्यसपछि कार्यक्रमको ब्यापक आलोचना भयो । आलोचनापछि भिडियो युट्युबबाट हटाइयो । सामाजिक अभियानता सन्तोष डौन्डकरले सन् २०१४ मा उक्त कार्यक्रमविरुद्ध मुम्बाईको सिटी कोर्टमा मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण