मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

बेलको ह्याट्रिकसँगै जिदानको पहिलो खेलमा रियल विजयी

आइतबार, २६ पुस २०७२, ०९ : ४३
आइतबार, २६ पुस २०७२

म्याड्रिड — गेराथ बेलको ह्याट्रिकसँगै डेपोर्टिभो लाकुराना जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकको रुपमा विजयी शुरुवात गरेका छन् । स्पेनिस ला लिगा अन्तरगत रियलको घरेलु मैदानमा भएको खेलमा करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलको शुरुवातमा नै अग्रता दिलाए । उनको रियलका लागि १ सयौं गोल पनि थियो । त्यसपछि गेराथ बेलले खेलको २२, ४९ र ६३ औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । खेलको अन्त्यमा बेन्जेमाले पुनः अर्को गोल गर्दै रियललाई ५—० को सहज जित दिलाए । जितसँगै रियल शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी दुई अंकमा झारेको छ । आफ्नो पहिलो खेलमा रियलका प्रशिक्षक जिदानलाई बर्नेबाउमा भव्य स्वागत गरिएको थियो । खेलपछि जिदानले भने, यत्रो ठूलो गोल अन्तरले जित्न सजिलो थिएन । म मेरो पहिलो खेलबाट खुसी छु । खेलमा नायक बेल रहे । वेल्स खेलाडीलाई टोटनहमबाट रियल भित्र्याउन प्रमुख भूमिका खेलेका जिदानले बेललाई टोलीको महत्वपूर्ण सदस्यका रुपमा लिएका छन् । यस्तै खेल कायम राखे उनी जिदानको नेतृत्वमा पनि टोलीको महत्वपूर्ण हिस्सा बन्ने छन् । रियलको अट्याकमा समस्या नदिएपनि डिफेन्समा भने जिदानले अझै मिहिनेत गर्नुपर्ने देखिएको छ । उनले दुवै फुल ब्याकलाई अगाडि बढ्ने निर्देशन दिएका थिए । उनको यो रणनीति सफल पनि रह्यो । ड्यानिलोले बेलका लागि गोलको अवसर पनि सिर्जना गरे । तर, यसले रियलको डिफेन्स केही कमजोर देखिएको थियो । सेन्टर ब्याकबीच तालमेलको कमी देखिएको थियो । डिर्पोटिभोभन्दा राम्रो टोली भए रियलका लागि चुनौती हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप