मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अन्तिम मिनेटको पेनाल्टीको मद्दतले युनाइटेड एफएकपको अर्को चरणमा

आइतबार, २६ पुस २०७२, १० : ११
आइतबार, २६ पुस २०७२
म्यान्चेस्टर — कप्तान वेयन रुनीले खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गरेपछि म्यान्चेस्टर युनाइटेड एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा युनाइटेडले लिग वान टोली सेफिल्ड युनाइटेडमाथि १—० को संघर्षपूर्ण जीत निकाल्यो । उता, म्यान्चेस्टर सिटीले भने नर्विचनलाई ३—० ले पराजित गर्दै अर्को चरणमा प्रवेश गर्यो । सिटीको जीतमा सर्जियो एगुएरो, केलिची इहेनाचो र केभिन डे ब्रुयेनले एक—एक गोल गरे । यता, डिफेन्डिङ च्याम्पियन आर्सनलले भने एक गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै सन्डरल्याण्डलाई ३—१ ले पराजित गर्यो । एमिरेटस् स्टेडियममा जर्मेन लेन्सले सन्डरल्याण्डलाई अगैता दिलाए पनि जोयल क्यामबेलले आर्सनललाई खेलमा बराबरीमा ल्याए । त्यसपछि आरोन रामसे र ओलिभर जिरुले गोल गर्दै आर्सनललाई एफए कपमा लागतार १३ औं जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप