मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कार्यदलको बैठक सिंहदरवारमा बस्दै

आइतबार, २६ पुस २०७२, १५ : २४
आइतबार, २६ पुस २०७२

काठमाडौ – सत्ताधारी र प्रतिपक्षि दल तथा आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदलबीच आज वार्ता हुने भएको छ । सिहदरवारमा बस्ने कार्यदलको बैठकमा दुवै पक्षका कार्यदलले आआफ्ना धारणा प्रस्तुत गर्नेछ । यसअघि तीन दिनसम्म बसेको कार्यदलको बैठकले मधेशी मोर्चाले प्रस्तुत गरेको ११ बुँदामाथि छलफल गरेका थियो । बुँदाको हरेक विषयमा छलफल भएपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन । त्यसपछि प्रमुख तीनदलको कार्यदल र मधेशी मोर्चाको कार्यदलले छुट्टा छुट्टै बसी आ–आफ्नो धारणा तयार गरी आज संयुक्त रुपमा बस्न लागेको हो । संघीयता, समानुपातिक, समावेशीतालगायतका विषयमा कुरा भएको छ । काँग्रेसले विगतमा सरकारले गठन गरेको उच्च स्तरीय आयोग र समितिले तयार पारेको प्रतिवेदनको आधारमा टुगों लगाउनु पर्यो पनि प्रस्ताव गरेका थिए । सैद्धान्तिक कुरा राजनीतिक सहमतिबाट टुगों लगाउने र प्राविधिक कुरा राजनीतिक संयन्त्र वा आयोगबाट टुंगो लगाउने भनिएको थियो । त्यसमा मधेशी मोर्चाले तीन महिनाभित्र कसरी टुगों लगाउने त्यसका बारेमा कार्यविधि तयार हुनुपर्ने माग गरिरहेका छन् । बैठकअघि तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले भने, ‘छलफलमा सकारात्मक भएर मात्र हुँदैन, त्यसको विश्वासको आधार चाहिन्छ, विश्वास गर्ने वतावरण हुनुपर्यो भन्दै ११ बुँदामा तीन दलका कार्यदल सकारात्मक देखिए पनि निष्कर्षमा गएर के हुने भन्न नसकिने अवस्था छैन ।’ आजको बैठकमा दुवै तर्फबाट आ–आफ्नो कुरा राखिने र आज टुगों लगाउने प्रयास हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप