मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा साउथ इन्डियन निर्देशकको लहर : बागमतीपछि ‘ट्वेन्टी सेभेन आवर्स’ आउँदै

आइतबार, २६ पुस २०७२, १५ : ४७
आइतबार, २६ पुस २०७२

काठमाडौ – सन्नी करेला पछि अब अर्का साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको नेपाली हररर थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’ चैत्र १९ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

साउथ इन्डियन निर्देशक सन्नी करेलाले बागमती बनाएका हुन् जुन चलचित्र यतिबेला देशैभर प्रदर्शन भैरहेको छ । तर उनको कामको भने कसैले तारिफ गरेनन् अब अर्का साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेको ‘ट्वेन्टी सेभेन आवर्स’ले भने कति तारिफ र सफलता पाउने हो त्यो हेर्न बाँकी छ । सम्पूर्ण प्राबिधीक समेत साउथ इन्डियननै रहेको यो चलचित्रको टिजरलाई दर्शकले रुचाई सकेका छन् । भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम भैरहेकोको छायाँकन नेपालको पाल्पा, बुटवल र भारतको मुम्बईमा छायांकन गरिएको हो ।

२७ घण्टामा एक ब्यक्तिको जीवनभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेको छ । चलचित्रमा रिजन कोइरालाको संगीत, वँशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायंकन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप