मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

खैरो हिरोइन सहित लमहीमा ३ जना पक्राउ

आइतबार, २६ पुस २०७२, १५ : ५४
आइतबार, २६ पुस २०७२

दाङ - खैरो हिरोइन सहित दाङको लमही नगरपालीका ११ आर्दश टोलबाट ३ जना युवाहरुलाई लमहि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–८ निबासी बर्ष २२ का हेमन्त योगी, नेपालगंज उपमहानगरपालिका–६ फुलटिकरा बस्ने, बर्ष ३० का सन्दिप गुप्ता, गुल्मी पुर्कोटदह–४ घर भइ हाल लमही नगरपालीका ११ निबासी बर्ष १८का सम्भु कुवँर रहेको वडा प्रहरी कार्यालय लमहिका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिए । प्रहरी सहायक निरीक्षक सुनिल जंग शाहको कमान्डमा खटिएको प्रहरी टोलीले ४ ग्राम २७ मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो । आदर्श टोलस्थित कान्त प्रसाद भण्डारीको घरमा डेरी गरी बस्ने योगीको कोठामा ब्राउन सुगर सेवन गर्दै गरेको जानकारी पाएपछि राती १ बजे प्रहरीले छापा मारेको थियो । अभियुक्तहरुको शरीर खानतलासी गर्दा सेवनका लागि तयारी अवस्थामा राखिएकोे खैरो हिरोइन बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीले म्याद थप गरि अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप