मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस मुख्यालयका १५ तस्बिर : छतमा बैठक, चौरमा नाराबाजी

आइतबार, २६ पुस २०७२, १६ : २३
आइतबार, २६ पुस २०७२

काठमाडौं – आइतवार दिउँसो कांग्रेस मुख्यालय सानेपामा गजवका दृष्य देखिए । पार्टी कार्यलय परिसरमा विभिन्न माग राखेका अनशनकारी थिए, सँगै नारावाजी पनि भैरहेको थियो । ठीक त्यही बेला पार्टी कार्यलयको छतमा भने केन्द्रीय कार्यसमितिको वैठक बसेको थियो । महाधिवेशनवारे उत्पन्न विवाद र कार्यतालिका हेरफेरका लागि कांग्रेसको केन्द्रीय समिति वैठक बसेको हो । क्रियाशिल सदस्यताको विवाद ६५ जिल्लामा छ । विवाद सुल्झाउन बनाइएको नरहरि आर्चायको समितिको प्रतिवेदन पनि विवादमा परेको छ । आर्चाय समितिका सदस्य रामकृण यादवले प्रतिवेदनमा आफ्नो फरक मत राखेका छन् ।

क्रियाशिल सदस्यताको विषयमा आधा दर्जनजति समूह पार्टी मुख्यालय सानेपामा धर्नामा बसेका छन् । एएटा समूहले नयाँ सदस्यता थप्न चाहन्छ, अर्कोले पुरानैलाई मान्यता दिन चाहन्छ । यही परस्पर विरोधी अनशन कांग्रेस कार्यलयमा छन् । कांग्रेसका ३ लाख १६ हजार ८ य ६६ पुराना क्रियाशिल सदस्य छन् । २ लाख १४ हजार नयाँ सदस्य थपिएका छन् । ६० हजार पुरानाले नवीकरण गरेका छैनन् । महाधिवेशनका संस्थापन र देउवापक्षको होडबाजी चलिरहेका बेला क्रियाशिल सदस्यता ठूलो विषय बनेको छ ।

क्रियाशिल सदस्यता विवाद टुंगिन नसकेपछि का्रग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित हुने आशंका गरिएको छ । कांगेसको देउवापक्षले सदस्यताको अन्तिम सूचि निर्वाचन समितिलाई बुझाउन सभापति सुशील कोइरालापक्षले ढिलाई गरेको आरोप लगाएको छ । यो विषयलाई उसले केन्द्रीय समितिको एजेन्डा बनाएको छ । दुवैपक्षले वैठकमा आक्रमक तरिकाले आउने रणनीति बनाएको स्रोत बताउँछ ।

क्रियाशिल सदस्यता विवादले १३ औं महाधिवेशनका तल्ला अधिवेशनहरु प्रभावित बन्ने खतरा बढेको छ । २० देखि २३ फागुनसम्म काठमाडौंमा महाधिवेशन गर्ने तय भएको छ । यसका लागि २५ माघसम्म तल्लोतहका सवै अधिवेशन सम्पन्न गर्ने कार्यसूचि छ । तर, निर्वाचन समितिले अहिलेसम्म मतदाता नामवली सार्वजनिक गरेको छैन् । निर्वाचन र मतदान अधिृकत पनि तोकिएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप