राजदूत कमानसिंह लामा पनि अख्तियारको फन्दामा
दक्षिण कोरिया – दक्षिण कोरियाका लागी नेपाली राजदुत कमानसिंह लामाले आफ्नो निवासको भाडा बास्तविक भन्दा बढी देखाएर राज्यकोषको दुरुपयोग गरेको भन्दै उनीमाथि अख्तियारले अनुसन्धान अगाडी बढाएको छ । दक्षिण कोरियाको प्रतिष्ठित मध्येमा गनिने पुरस्कार “द ग्रेट प्राईज फर प्राउड कोरियन सिटिजन २०१३” बाट सम्मानित लामाले आफ्नो निवासको भाडा साबिक भन्दा बढी देखाएर मासिक दुईलाख रुपैयाँ भन्दा बढी अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले उनिमाथी अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताईएको छ । आईतबार जनअधिकार मंच दक्षिण कोरियाले आयोजना गरेको दुतावासका श्रमसहचारी अनिल बिदाई कार्यक्रममा बोल्दै राजदुत कमानसिंह लामाले महत्वपूर्ण निर्णयमा दुतावासका जिम्मेबार तीनजना कर्मचारीको सिफारिस बेगर परराष्ट्रले स्वीकृत नदिने भन्दै आफुलाई मात्रै आरोप लगाउन नमिल्ने बताए । लामाले प्रश्न गर्दै भने, ‘दुतावासको सामुहिक निर्णयमा कमानसिंह लामालाई आरोप किन ?’ लामाले घुमाउँरो जवाफ दिएतापनि राजदुत निवासको भाडाको बिषयमा लामा काम बिषेशमा नेपालमा आउँदा अर्थबाट साबिक भन्दा बढी स्वीकृत गराएको दुतावास स्रोतले जनाएको छ । कोरियाका लागी नेपाली दुतावासले लिएको घरभाडा र त्यहाँबाट जारी भएको भिषको बारेमा आयोगले अनुसन्धान गरिरहेको जानकारी दिँदै अख्तियार प्रवक्ता कृष्णहरी पुष्करले भने, ‘राजदुत एकजनामाथी मात्रै हामीले अनुसन्धान गरेका होईनौ, घरभाडा र त्यहाँबाट जारी भएको भिषाको बारे अनुसन्धान भईरहेको छ ।’ यसअघी पदिय आचरण विपरीत दुतावास भबन अगाडी फोटो स्टुडियो संचालन गरेको भन्दै उनी विवादमा तानिएका थिए । त्यस्तै उनिमाथी धेरै नेपालीलाई अनाधिकृत रुपमा कोरिया पुरयाएको, कोरियाको राजधानी सउल देखि झण्डै चालीस किलोमिटर उत्तर ओम नमस्ते रेष्टुरेन्टमा लगानी गरेको र निर्बाचन आचारससंहिता उल्लघन गदै भोट माग्न हिडेको लगायतका आरोप लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण