नेपाली सेनामा कार्यरतकै घरमा चोरी, प्रहरी मौन
नेपालगंज–छिटपुट घटना बाहेक शान्त छ बाँके । करिब ३ महिनादेखि तराईका अधिकांश बजार र राजमार्ग बन्द हुदाँ यस अवधिमा थोरै मात्र बन्द भयो बाँकेको नेपालगंज । पसल व्यवसाय निर्वाध संचालन भईरहेको छ । राजमार्गमा सवारी साधन चलेकै छन् । पेशागत संगठनको आह्वानमा बाहेक विद्यालय र कलेज पनि खुलेकै छन।
मधेसी मोर्चा र थारुहटका कार्यकर्ताहरु बन्द गर्न आउँदा प्रहरीको सक्रियताले कुनै अप्रिय घटना हुन पाएन् । दुई वर्ष निकै अशान्त थियो नेपालगंज । अपहरण, फिरौती र हत्या यहाँको नियति जस्तै थियो । पछिल्लो समय पसल व्यवसायको सटर फोडेर लुटपाटको घटना पनि ब्यहो¥यो नेपालगंज बजारले । अहिले दिनदहाडै घर फोडेर चोरीका घटना हुन थालेको छ यहाँ ।
सुरक्षा निकायको उपस्थिति हेर्ने हो भने वडा प्रहरी कार्यालय नजिकै छ यहाँ । यतिका घटना भईरहँदा प्रहरी के मौन बसेको हो त ? स्थानीय प्रहरीको भूमिकाप्रति ढुक्न हुन सकेनन् । नेपाली सेनामा कार्यरत जागिर खाएकाको घरमा समेत चोरी भएको उजुरी प्रहरीमा गर्दा पनि प्रहरीले कुनै कदम उठाएको छैन् । सुरक्षा व्यवस्था कडा पारेको बताउँदै आएको जिल्ला प्रहरी कार्यालय बाँके चोरीमा संलग्न रहेकाहरुलाई पक्राउ गर्नु त टाढाको कुरा हो चोरीमा संलग्नहरुको पहिचान समेत गर्न नसकेको देख्दा सर्वसाधारणलाई प्रहरीप्रति नै शंका लागेको बताउँछन् ।
यता वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक दिपेन्द्र पालले सुरक्षा व्यवस्थामा कुनै कमी नराखेको बताउँदै चोरीमा संलग्न रहेकाहरुलाई छिट्टै पहिचान गरी कानुनी कारवाही गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण