श्रम सम्झौताका लागि नेपाली टोली रियादमा
साउदी अरब– नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आइतबार राति रियाद आइपुगेको छ ।
टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि छन् । साउदी सरकारको निमन्त्रणामा टोली रियाद आएको हो ।
टोलीले साउदीको श्रम सचिवस्तरीय प्राविधिक टोलीसँग छलफल गर्ने साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए । श्रम सचिवस्तरीय वार्तामा मूलतः प्रस्तावित श्रम सम्झौता, साधारण कामदार र घरेलु महिला कामदार लगायतका विषयमा छलफल हुने बताइएको छ । दुबै देशका प्राविधिक टोलीको छलफलपछि श्रम सम्झौताको अन्तिम खाका तयार गरिने र श्रम सम्झौताको मिति तय गरिने कार्यक्रम रहेको छ ।
नेपाली कामदारका लागि ठूलो श्रम बजारका रुपमा लिइएको साउदी अरबसँग लामो समयदेखि श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरुले सम्झौता अनुसारको काम नपाउने, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, श्रम शोषण, मानसिक तथा शारीरिक यातना भोग्नुपर्नेलगायतका समस्या झेल्नु परिरहेको छ ।
त्यस्तै कामदारको मृत्यु भएको खण्डमा साउदीबाट शव फिर्ता गर्न न्यूनतम तीन महिना लाग्ने लगायतका समस्याले नेपाली कामदार मर्कामा पर्ने गरेका छन् । पछिल्लो समय नेपाली कामदारका लागि साउदी अरब आकर्षक गन्तव्य मुलुक बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण