युवा सङ्घद्वारा प्रमुख जिल्ला अधिकारीलाई भ्रष्टाचारको आरोप
डडेल्धुरा–युवा सङ्घ नेपाल डडेल्धुराले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले भ्रष्टाचार गरेको आरोप लगाउँदै निलम्बनको माग गरेको छ ।
जिल्लामा रहँदा पदीय दायित्वको दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आरोप लगाउँदै युवा सङ्घले प्रजिअ लुइँटेलको निलम्बनको माग गरेको हो । सोमबार बिहान पत्रकार सम्मेलन गरी युवा सङ्घ नेपाल डडेल्धुराका अध्यक्ष भुवन पाठकले प्रजिअ लुइँटेललाई निलम्बन गरी घटनाको यथाशीघ्र उचित छानबिन गर्न सम्बन्धित निकायसँग जोड्दार माग गरेका छन् ।
मुलुक गम्भीर सङ्कटमा फसिरहेको र स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको अवस्थाको गलत फाइदा उठाउँदै प्रजिअ लुइँटेल भ्रष्टाचारमा लिप्त भएको आरोप युवा सङ्घले लगाएको छ ।
उक्त कार्यालयका स्टोरकिपर छविराज ओझाको नाममा भान्से र स्वकीय सचिवका फर्जी नाममा मासिक ५७ हजार ५५४ रुपैयाँ बुझ्दै आइरहेको स–प्रमाण पुष्टिसमेत गरेको युवा सङ्घले पत्रकार सम्मेलनमार्फत जानकारी गरेको छ ।
त्यसैगरी प्रजिअकै मिलोमतोमा जिल्ला प्रशासन कार्यालयअन्तर्गत फर्निचर खरिद शीर्षकमा फर्निचर खरिद नै नगरी पुरानो फर्निचर मर्मत गरी नयाँ खरिद गरिएको फर्जी बिल भौचर पेस गरी रु तीन लाख रकम हिनामिना गरी भ्रष्टाचार गरेकोसमेत युवा सङ्घ डडेल्धुराले दाबी गरेको छ ।
त्यसैगरी जिल्लाका अन्य कार्यालयमा समेत प्रजिअ लुइँटेलको मिलोमतोमा सार्वजनिक खरिद ऐन विपरीत मनोमानी ढङ्गले आ–आफ्ना निकटका व्यक्तिलाई अनुचित लाभ पु¥याउने उद्देश्यले कोटेसन वितरण गरी व्यापक अनियमितता भइरहेका सूचना युवा सङ्घले प्राप्त गरेको जनाएको छ । सम्बद्ध पक्षले कारवाही प्रक्रिया अगाडि नबढाए युवा सङ्घ यस्ता गतिविधिका विरुद्ध कडा सङ्घर्ष गर्न बाध्य हुने जानकारीसमेत प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण