मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीको आगामी महाधिवेशन नमुनाको अधिवेशन हुने : केन्द्रीय सदस्य कोइराला

सोमबार, २७ पुस २०७२, १२ : ४७
सोमबार, २७ पुस २०७२

कञ्चनपुर–नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको आगामी १३औँ महाअधिवेशन नमुनाको अधिवेशन हुने बताएका छन् ।

आज कञ्चनपुरको झलारीबजारमा अयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ६०/४० नभनी एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे । पार्टीभित्र गुट–उपगुट नभई एकजुट भएर योग्य व्यक्तिलाई अधिवेशनका लागि छनोट गर्नुपर्नेमा उनले जोड दिए ।

नेकपा ९एमाले०सँग सरकार गठनका सम्बद्धमा कुनै किसिमको भद्र सहमति नभएको उल्लेख गर्दै उनले भने, “पार्टीले प्रतिपक्षमा बस्ने निर्णय स्वविवेकले लिएको हो ।” मधेसमा देखिएको समस्या अन्त्य गर्नका लागि सबै राजनीतिक दलको सहकार्य जरुरी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप