मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कसले बाजी मार्ला ? राष्ट्रपतिमा दश जनाको प्रतिस्पर्धा हुने

सोमबार, २७ पुस २०७२, १२ : ५८
सोमबार, २७ पुस २०७२

पोर्चुगल– पोर्चुगलमा आधिकारिक रुपमा राष्ट्रपतिका लागि अभियान आइतबार उम्मेदवारी दिने र सार्वजनिक सर्वेक्षणमा १० अग्रस्थानमा मत ल्याउने राष्ट्रपतिका उम्मेदवारको मतगणना सार्वजनिक भएसँगै सुरु भएको छ ।

छ सय जनालाई आधार बनाई गरिएको सार्वजनिक सर्वेक्षणबाट ६७ वर्षीय कानुन विषयका प्राध्यापक तथा यहाँका एक टेलिभिजनका राजनीतिक विश्लेषक रेबेलो डे सोउसाले सबैभन्दा बढी ५२.९ प्रतिशत प्राप्त गर्दै अग्रस्थानमा देखिएको आइतबार कोरेइओ डे मेन्हाले प्रकाशन गरेको छ ।

यदि यसो भएमा सोउसा नै आगामी जनवरी २४ मा हुने पहिलो चरणमा विजयी हुनेछन् ।

तर पहिलो चरणबाट कसैले ५० प्रतिशत ल्याउन नसकेमा फेब्रुअरी १४ मा दोस्रो चरणको निर्वाचन हुनेछ ।

सोउसाका मुख्य प्रतिस्पर्धीमा स्वतन्त्र वामपन्थी उम्मेदवार एन्टोनियो साम्पाओ डे नोभाले सर्वेक्षणमा १६.९ प्रतिशत मत प्राप्त गरेको देखाइएको छ ।

त्यस्तै समाजवादी पार्टीका मारिया डे वेलेम रोजेराले ११।८ प्रतिशत मतका साथ तेस्रो स्थानमा रहेको सर्वेक्षणबाट प्राप्त नतिजामा जनाइएको उक्त पत्रिकामा प्रकाशन गरिएको छ ।

वर्तमान ७६ वर्षीय राष्ट्रपति अनिभाल काभाको सिल्भा आफ्नो दुई कार्यकाल पूरा गरी यसै बर्ष बिदा लिँदै छन् ।

पोर्चुगलमा राज्य प्रमुख ९राष्ट्रपति० को भूमिका कम दिइए पनि राष्ट्रपतिलाई सङ्कटकालीन अवस्थामा संसद भङ्ग गर्ने अधिकार रहेको छ । राष्ट्रपतिले सङ्कटकालका बेला समस्याको समाधानार्थ पहलदकमी लिने अधिकार दिइएको छ ।

गएको अक्टोबरमा भएको व्यवस्थापिकाको निर्वाचनपश्चात पोर्चुगल अनिश्चितता र तनावकाबीच अघि बढ्दै आएको छ ।

सन् २०११ यता प्राप्त गर्दै आएको स्पष्ट बहुमत अक्टोबरको निर्वाचनबाट गुमाएपछि दक्षिणपन्थी पार्टीहरुको मिलिजुली गठबन्धनबाट बहुमत आए पनि हप्तौँ लामो राजनीतिक अनिश्चितता नयाँ वामपन्थी र नरमपन्थी गठबन्धनको समाजवादी मोर्चाको नेतृत्व समाजवादी नेता एन्टेनियो कोस्टाले गरेका छन् ।

उनका सहयात्री कम्युनिस्ट, ग्रीन तथा वामपन्थी समूह सम्मिलित समाजवादी वठबन्धन दलहरु हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप