मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

घर बाहिर बोलाएर आठ वर्षीय बालकलाई गरे अपहरण

सोमबार, २७ पुस २०७२, १३ : ०३
सोमबार, २७ पुस २०७२
गौशाला–महोत्तरीको भटौलिया गाविसबाट गएराति एक आठ वर्षीय बालक अपहरणमा परेका छन् । भटौलिया–८ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा चिरञ्जीवी महासेठ अपहरणमा परेको पीडित परिवारले जनाएको छ । सो बालकलाई गएराति ७ बजेको समयमा भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १५ वर्षीय अनिसकुमार साहले घरबाहिर बोलाएर जिल्लाको बर्दिबासबाट आएका रोहन भन्ने साथीलाई दिएर अपहरण गराएको अपहृत बालकका बुबा रवीन्द्र महासेठले आरोप लगाएका छन् । परिवारजनसहित छिमेकीले रातभरि बालक महासेठलाई सबैतिर खोजतलास गर्दा पनि उनी फेला परेका छैनन् भने आज बिहान अपहरणमा संलग्न भनिएको अनिसकुमार साहले बालक महासेठलाई बर्दिबासबाट आएको रोहनले लगेको भनेपछि स्थानीयवासीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याएको छ । बालक अपहरण गराएको आरोपमा पक्राउ गरी ल्याइएका स्थानीयवासी अनिसकुमार साहलाई प्रहरीले हिरासतमा राखी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप