मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

संक्रमितलाई सहयोग गर्न हेमनले ल्याए ‘फर्माइस’

सोमबार, २७ पुस २०७२, १३ : १६
सोमबार, २७ पुस २०७२
काठमाडौं–राजधानीको किर्तिपुरमा अध्ययन गर्दै आएका दुई दर्जन संक्रमित बालबालिकाहरुलाई सहयोग गर्न भन्दै गायक हेमन मोक्तानले ‘फर्माइस’ नामक म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गत साता पूर्व–प्रधानमन्त्री माधव कुमार नेपालले सार्वजनिक गरेको म्यूजिक भिडियोमा सफलता एचआईभी शिक्षा सदनमा अध्ययनरत संक्रमित बालबालिकाहरुले समेत अभिनय गरेका छन् । विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागेका मोक्तानले ०६९ देखि ‘मानव जीवन संरक्षण मञ्च’ नामक संस्थामार्फत असहाय बालबालिकाहरुलको शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्र्दै आएका थिए । आफ्नो पुख्र्यौली थातथलो सर्लाहीका असहाय र विपन्न बालबालिकाको पक्षमा लामो समय काम गरेका मोक्तानले ‘फमाईस’ एल्बमको बिक्रीबाट उठेको रकम किर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनलाई हस्तान्तरण गर्ने बताए । उनले भने, ‘संक्रमित बालबालिकाको मुहारमा खुसीको बहार ल्याउनका लागि हामी कतार, साउदी र कुवेतमा गएर कार्यक्रम गर्दैछौँ ।’ ६ वटा गीतहरु समावेश रहेको ‘फर्माइस’ आधुनिक सुगम संगीतका गीतहरुले सजिएको छ । वेणी माधव भट्टराईको शब्द तथा हेमन आफैँले संगीत भरेको ‘यी तारा हुन तिम्रै’ बोलको गीत टेलीभिजन र युट्युवबाट सार्वजनिक भैसकेको बताइएको छ । किर्तिपुरस्थित भत्केकोपाटीमा राजकुमार पुन र उमा गुरुङले आफ्नो घरजग्गा बेचेर पश्चिम नेपालका दुई दर्जन संक्रमित बालबालिकाहरुलाई लालनपालन र शिक्षा–दिक्षा दिइरहेका छन् । तिनै बालबालिकाहरुलाई सहयोग गर्न भन्दै रिलीज गरिएको ‘फमाईस’ एल्बम कतारमा बस्ने नेपालीहरुले तीन हजार थान माग गरेको गायक मोक्तानले जानकारी दिए । उनले भने, ‘कतारमा बस्ने नेपालीहरुले तीन हजार अर्डर गर्नुभएको छ, तर हामी त्यहाँ पाँच हजार सिडी बोकेर जाँदैछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप