रु साढे चार करोडको बजेट प्रस्ताव
म्याग्दी– बेनी नगरपालिकाले आगामी आव २०७३/७४ मा सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि रु चार करोड ६३ लाख ४७ हजार बजेट प्रस्ताव गरेको छ ।
बेनी नगरपालिकाको तेस्रो नगर परिषद्मा पूँजीगततर्फ रु तीन करोड एक लाख तीन हजार र चालुतर्फ रु एक करोड ६२ लाख ४४ हजार बराबरको बजेट प्रस्ताव गरिएको छ । पूँजीगततर्फ सरकारको केन्द्रीय निःशर्त अनुदान रु एक करोड ७१ लाख ६० हजार, आन्तरिक स्रोतबाट रु तीस लाख, स्थानीय विकास शुल्क कोषको रु ८७ लाख ४३ हजार र सडक बोर्ड नेपालबाट रु १२ लाख बजेट प्राप्त हुने अनुमान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै चालुतर्फ सरकारको अनुदान रु ५० लाख, आन्तरिक स्रोतबाट रु ९० लाख र स्थानीय शासन सामुदायिक विकास कार्यक्रमतर्फ रु २२ लाख ४४ हजार खर्च हुने अनुमान गरिएको छ । नगरपालिकाले आगामी आवमा फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गर्ने, सडक गुरुयोजना तयार गर्ने, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, आमसञ्चार, सडक, खानेपानी, पर्यटन प्रर्वद्धनलगायतका योजनालाई प्राथमिकता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण