पाँच महिनामा ४३८ युवा विदेसिए
जुम्ला– चालु आर्थिक वर्षको पाँच महिनाभित्र जुम्लाबाट ४३८ युवा विदेसिएका छन् । पछिल्लो समयमा हिमाली जिल्लामा यो क्रम तीव्ररुपमा बढिरहेको छ ।
विदेसिने युवामा द्रुत गतिमा राहदानी लिनेको सङ्ख्या २८८ र जिल्ला प्रक्रियाबाट यो लिनेको सङ्ख्या १५० पुगेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार जिल्ला प्रक्रियाबाट विदेसिने युवाबाट सात लाख ५० हजार राजस्व सङ्कलन भएको छ । द्रुत गतिबाट लिनेबाट भने राजस्व मात्रै २८ लाख ८० हजार जम्मा भएको उनको भनाइ छ ।
यसअघि भारतमा पैसा कमाउन जाने हिमाली संस्कृति विस्तारै कम भएपनि केही वर्षयता हिमाली जिल्लाका युवा समुद्रपारिका देशमा जाने क्रम निकै बढेको छ । नेपालीलाई विदेशमा ज्यानको जोखिम छ भन्ने थाह छ, विडम्बना, राज्यले रोजगारी उपलब्ध नगरे कमाउने बेला स्वदेशमा बसेर के गर्नु रु त्यसैले रहरभन्दा पनि बाध्यताले विदेश हानिन थालेको लाम्रा–४ विष्णुकान्त चौलागाईंले बताए ।
देपालगाउँ–१ जुम्लाका भीमप्रसाद धितालले स्वदेशमा पढेर पनि रोजगारी पाउन गाह्रो भएकाले विदेसिनु परेको बताए ।
हिमाली जिल्लाबाट पढेलेखेका र निरक्षर युवाको विदेसिने क्रम उस्तै उस्तै देखिन्छ । विदेशमा गइसकेपछि भने निरक्षरले बढी दुःख पाएको कुडारी–४ जुम्ला स्थायी घर भई हाल रोजगारका लागि साउदी पुगेका बमबहादुर शाहीले जानकारी दिए । दुई वर्षको तथ्याङ्कलाई नियाल्दा विदेसिने महिलाको सङ्ख्या भने शून्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण