सुनसहित एक भारतीय नागरिक गाडीबाटै पक्राउ
सोमबार, २७ पुस २०७२, १३ : ३८
सिन्धुली–काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.३ ख ८५९२ नम्बरको हाईस गाडीमा लुकाई छिपाई ल्याएको सुनसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा विपी राजमर्ग सडक खण्डको रतनचुरा–३ मा आइतवार साँझ भारतको कलकता जिल्ला मौदनपुर ग्राम मैजुरीया वर्ष ३४ को संजय सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिंहको साथबाट ६०९ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक विपिन ओझाले जानकारी दिए । बरामद सुनको हालको बजार दर भाउ अनुसार रु.२६,१०,५९६ पर्ने प्रहरीले जनाएको छ । सिंहलाई आवश्यक अनुसन्धान एंब कारवाही भईरहेको प्रहरी निरिक्षक ओझाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण