मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शिवसेनाको हातमा काठको खुकुरी देखेपछि भद्रकालीमा लाठी चार्ज (फोटो फिचर)

सोमबार, २७ पुस २०७२, १३ : ५४
सोमबार, २७ पुस २०७२

काठमाडौं–पृथ्वी जयन्तीकोको अवसरमा सिंहदरबारको मुलगेट अगाडि रहेको पृथ्वीनारयण शाहको शालिकमा फुल चढाउन हिँडेका राजावादीहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । सुन्धाराबाट जुलुससहित भद्रकाली पुगेका शिवसेना नेपालसहितका राजसंस्थाका समर्थकहरुलाई भद्रकाली पुगेपछि प्रहरीले लाठी चार्ज गरेको हो । काठको खुकुरी प्रदर्शन गर्दै नाराजुलुस गरेपछि प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको थियो । प्रहरीको लाठीचार्जबाट करिब एकदर्जन राजावादीहरु घाईते भएको बताइएको छ । प्रहरीले सिंहदरबार मुलगेट अगाडिको शालिकसम्म पुग्न रोक लगाएसँगै पृथ्वी जयन्ती मनाउन हिँडेकाहरु भद्रकालीमै रोकिएका छन् । उनीहरु अहिले भद्रकालीमा नाचगान गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप