मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्री चौधरीबाट सम्पत्ति विवरण सार्वजनिक

सोमबार, २७ पुस २०७२, १४ : ०५
सोमबार, २७ पुस २०७२

काठमाडौँ– स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्नुभएको आफ्नो सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख गरेका छन् । यस्तै, उनको नाममा जोशीपुर– ४ मा पुख्र्यौली खेत रहेको छ भने काठमाडौँको धर्मस्थलीमा चार आना जग्गा रहेको छ । सम्पत्ति विवरणमा १० तोला सुन र २० तोला चाँदी रहेको पनि उल्लेख छ ।

यस्तै, मन्त्री चौधरीको एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब रु एकलाख ४० हजार नगद मौज्दात रहेको छ । उनले विभिन्न बैंकबाट रु १५ लाख ऋण लिएका छन् । छोरा मुकेश चौधरीको नाममा टाटा सुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप