सेयर माग्दै चिलिमेका कर्मचारी आन्दोलनमा
नुवाकोट – निजी क्षेत्रकै उत्कृष्ठ परियोजनाको रुपमा चिनिएको चिलिमे जलविद्युत कम्पनीमा कार्यरत कर्मचारीहरूले निर्माणधिन आयोजनाको सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै आन्दोलित भएका छन् । बिहिबारदेखि केन्द्रीय कार्यालयमा आन्दोलनरत कर्मचारीहरुले सेयर लगायतका मागहरु राख्दै तीनदिनदेखि कामकाज प्रभावित बनाउँदै आएका हुन् । उनीहरुले आइतवारदेखि कम्पनीको प्रशासनिक कामकाज र सवारी साधनमा पनि रोक लगाएका छन् । चिलिमे जल विद्युत कम्पनीले साङजेन, रसुवागढी, र मध्ये भोटेकोशी जल विद्याुत आयोजना सञ्चालनमा रहेको छ । आयोजनामा संस्थापक सेयर ५१ प्रतिसत रहेकोले कम्पनीले लगानीको अनुपातमा सेयर निस्काशन गर्न माग गरेका हुन् । पहिलो चरणको आन्दोलन अन्तर्गत पाँच दिनअघिदेखि कर्मचरीहरुले हाल हातमा कालोपट्टी बाँधेर केन्द्रीय कार्यालयमा धुम्बराही धर्ना बसेका छन् । त्यहाँ ७१ जना कर्मचारी छन् भने चिलिमे जलविद्युत केन्द्र स्याफ्रुबेशीमा १६ जना कर्मचारी छन् । केन्द्रका कर्मचारी भने हातमा कालोपट्टी बाँधेर उत्पादनको काममा लागेका छन् । चिलिमे जल विद्यत कम्पनी कर्मचारी युनियन पटकपटक ब्यवस्थापन समक्ष माग पत्र पेस गरे पनि आफ्ना माग प्रति ध्यान नदिएपछि चरणबद्ध आन्दोलनको घोषणा गरिएको युनियनका उपाध्यक्ष सुवर्ण्सिंह कुँवले बताए । ब्यवस्थापनले हाम्रो माग सुनुवाई नगरे आन्दोलनले कडा रुप लिने तर विद्युत उत्पादनमा अवरोध नगरी पहिलो चरणमा शन्तिपूर्ण आन्दोलन सुरु भएको उनीहरुले बताए । कम्पनीको अधिकतम लगानीमा निर्माणाधिन साङ्जेन आयोजनामा ३८ प्रतिसत सेयर कम्पनीको छ । दश प्रतिसत नेपाल विद्युत प्राधिकरणको छ भने जिविस र रसुवाका १८ वटै गाविसको ३.५ प्रतिसत रहेको छ । सवैलाई एकै ठाउँमा राखेर अनुचित, अब्यवहारिक र अशन्तुलित तबरले बितरण गर्न लागेको भन्दै कम्पनीको लगानीका आधारमा कम्पनीका कर्मचारीहरूलाई छुट्टयाएर बितरण गर्न माग गरेपनि ब्यवस्थापनले ध्यान नदिएको कर्मचारीहरूले गुनासो गरेका छन् । तीन वटै आयोजनामा कम्पनीको ५१ प्रतिसत संस्थापक सेयर रहेको छ ।
अहिलेसम्म पनि शेयर सम्बन्धमा कुनै ठोस निर्णय नभएकोले तत्काल ०७२ असोज १७ गते पनि कम्पनीको ध्यानाकर्शण गर्दै माग पत्र पेस गरेपनि कम्पनी व्यवस्थापक तथा सञ्चालक समितिले वास्ता नगरेको भन्दै चरणवद्ध आन्दोलनको घोषणा समेत गरेका छन् । कम्पनीलाई धौटीमा राखेर अन्य सहायक कम्पनीहरूको सेयरसँग कम्पनीका कर्मचारीहरूको भविष्य जोडिएकोले कर्मचारीहरूलाई निश्चित प्रतिशत सेयर सुनिश्चित गर्न युनियनले माग गरेको हो । दिनरात खट्ने कर्मचारीको मनोबल गिराएर कसरी अघि बढ्न सहज हुन्छ हामी दुखी भएपछि कसरी आयोजना अघि बढ्छ युनियनका सचिव कान्छाबाबु तामाङले भने ‘ हाम्रा माग पूरा नभए कडा आन्दोलन पनि हुन्छ तर अहिले हामी सांकेतिक रुपको आन्दोलनमा छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण