मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

८ सयका लागि बनेको सहकारी ऐनले ३३ हजारलाई नियमन गर्न सक्दैन : अध्यक्ष घिमिरे

सोमबार, २७ पुस २०७२, १० : २५
सोमबार, २७ पुस २०७२
निजगढ – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले मुलुकभर छरिएका सहकारीहरुलाई एकै स्वरुपमा सञ्चालन गर्न सकिने र एकीकरणको भावनासहितको सहकारी कानूनको व्यवस्था गर्न माग गरेका छन् । आज बाराको निजगढमा सञ्चालित मध्यतराईस्तरीय सहकारी युनिफिकेशन र एकीकरण गोष्ठिको उदघाटन गर्दै उक्त कुरा बताएका हुन् । आठ सय सहकारी तेत्तीस हजार पुगिसेको बताउँदै रहेको समय २०४८ को ऐनले अहिलेको सहकारीलाई नियमन गर्न नसक्ने बताउँदै घिमिरेले त्यसका लागि अभियान र केन्द्रीय संघलाई अधिकारसम्पन्न बनाउने किसिमको कानूनको आवश्यकता रहेको बताए । ‘सहकारीलाई सहकारीमा नीतिगत निर्णय र कार्यान्वयन गर्ने निकाय एउटै हुन सक्दैन । सञ्चालक समितिले कार्यकारी भूमिका निर्वाह गर्नुहुदैन। कार्यान्वयनका लागि व्यवस्थापनलाई जिम्मेवार बनाउन सकेमात्र संस्थागत सुशासन कायम हुन सक्छ’ घिमिरेले भने । अहिले बचत तथा ऋण सहकारीहरुको प्रभाव र भूमिका बढी छ, समस्या पनि यहीं नै बढि छ । त्यसलाई नियन्त्रण गर्न सहकारीहरुको नीतिगत एकरुपता र सञ्चालन स्वायत्तता जरुरी छ । धेरै भएका स्थानहरुमा सहकारीहरुवीच एकीकरणलाई बाध्यकारी हुने गरी कानूनको व्यवस्था हुनुपर्ने बताए । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीहरु सामाजिक व्यवसाय भएकोले यसलाई समुदायमा आधारित र सदस्यकेन्द्रीत बनाउन जरुरी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप