Fashion : स्टाइलिस र सेक्सी देखिन छोटै लुगा लगाउनुपर्दैन
काठमाडौंमै जन्मे–हुर्कें । यसैले होला, मलाई सानैदेखि फेसनमा रुचि थियो । मसँगै खेल्ने साथी खानेकुरा र खेलौनाका लागि आमाबुवासँग झगडा गर्थे । तर म फरक थिएँ, नयाँ कपडा र गहनाका लागि झगडा गर्थें । उमेरसँगै फेसनप्रतिको चासो र लगाब पनि बढ्दै गयो । १७ वर्षको उमेरमा आफ्नै ब्युटिपार्लर खोले, कोपुन्डोलमा प्रशंसा ब्युटिपार्लर, जो अहिले पनि सञ्चालनमा छ । ब्युटिपार्लर चलाउँदाचलाउँदै मोडलिङका लागि अफर आउन थाले । केही समय काम गरेँ पनि । अहिले मोडलिङ क्षेत्र कस्तो छ, मलाई त्यति ज्ञान छैन । तर, त्यतिखेर राम्रो थिएन । कमाई पनि त्यति सन्तोषजनक थिएन । समाजमा मोडललाई हेर्ने दृष्टिकोण पनि त्यति राम्रो थिएन । इज्जत न पैसा, त्यसैले मोडलिङमा रुचि भएन । मलाई आफैँ केही गर्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने सानैदेखि हुन्थ्यो । एसएलसीपछि सन् २००४ मा म अस्ट्रिया गएँ— पढ्ने, काम गर्ने सोचले । अस्ट्रियामा सात वर्ष बसेँ । चाहेको भए त्यहीँको पिआर लिएर बस्न सक्थेँ, तर त्यसो गर्न चाहिनँ । मलाई नेपालमै केही गर्ने मन थियो । त्यसैले नेपाल फर्किएँ । फर्केपछि पहिलो मिस नेपाल रुवि राणासँग मेरो चिनजान भयो, सगंत बढ्दै गयो । रुबी दिज्युको संगतले फेसनतर्फको आकर्षण बढ्दै गयो । उहाँकै सुझाव र सल्लाहमा भूकम्पपछि गएको भदौमा मैले ‘आभानी अपारेल्स’ खोलेकी हुँ । भूकम्पले थलिएको अवस्थामा पनि हिम्मत गरेँ । जति बेला सबै कुरा डामाडोल थियो, संकट थियो, व्यापार–व्यवसायमा धक्का पुगेको थियो । तर, मैले जोखिम मोलेँ । किनभने, काम गर्नुपर्छ, कोसिस गर्नुपर्छ, केही न केही राम्रो अवश्य नै हुन्छ । जीवन खेलजस्तै हो, खेल्नुपर्छ । कि हारिन्छ कि जितिन्छ । तर, मैदानमा उत्रनु त पर्यो । अहिले मेरो व्यापार राम्रो छ, सन्तुष्ट छु । मेरो पसलमा लेडिज रेडिमेट ड्रेस पाइन्छ । धेरैको धारणा हुन्छ कि मल, सुपर मार्केटका पसलमा सामान महँगो हुन्छ, त्यहाँ सबैले वा जो–कोहीले अफोर्ट गर्न सक्दैनन् । यो गलत हो । केही त फरक पर्छ । किनभने, सामानको क्वालिटी, ब्रान्ड हेरेर हुन्छ । तर आममानिसले सोचेजस्तो धेरै मार्जिन राखेर मैलेचाहिँ सामान बेच्दिनँ । खासगरी मध्यम वर्गले सजिलै अफोर्ट गर्न सक्ने खालका ड्रेस छन् मकहाँ । ‘आभानी अपारेल्स’ को छुट्टै विशेषता छ । अरु ठाउँमा भन्दा फरक डिजाइनका ड्रेस, ब्याग र जुत्ताहरूको कलेक्सन छन् । गुणस्तरमा फरक पर्दैन । १६ देखि ४० वर्ष उमेर समूहका लागि लक्षित गरी सामान राखेकी छु । कम्तीमा सात सयदेखि १५ हजार सम्मका ड्रेस छन् । जति महँगो हुन्छ, त्यसमा ब्रान्ड, क्वालिटीकै कुरा आउँछ । त्यसो त, मसँग कति त्यस्ता कलेक्सन पनि छन्, जुन चलेका ब्रान्ड नभए पनि गुणस्तर र टिकाउमा शंका मान्नुपर्दैन । विश्वास गरेरै त होला नि, मेरो पसलमा कतिपय मोडल र सेलेब्रिटीहरू पनि आउनुहुन्छ । अहिलेसम्म यहाँको सामान मन पराउनु भएको छ, आइरहनुहुन्छ । विश्वास भएकालाई मैले सुटिङका लागि पनि ड्रेसहरू भाडामा उपलब्ध गराएकी छु । धेरै म्युजिक भिडियोमा आभानी अपारेल्सका ड्रेस देखिएका छन् ।
फेसनले आत्मविश्वास बढाउँछहाम्रो समाजमा फेसनबारे आ–आफ्नै र बेग्लै धारणा पाइन्छ । मोन्छेहरूको बुझाइ छ कि कपाल रगांउनु, अनुहार पोत्नु, अग्लो हिल र छोटो मिनिस्कर्ट लगाउनु वा यस्तै तडकभडक देखिनु नै फेसन हो । वास्तममा यो बुझाइ गलत हो । महँगा कपडाले मात्र पनि हामीलाई स्टाइलिस देखाउने होइन । न त बजारमा चलेअनुसारका स्टाइलिस ड्रेस लगाउँदैमा सबै फेसनेबल देखिन सक्छन् । चलेका र ब्रान्डेड कपडाले भन्दा पनि आफू सुहाउँदो कपडा, मेकअप र हेयर स्टाइलले हामीलाई आकर्षक देखाउँछ । मेरो बुझाइ र हेराइमा त ‘सिम्प्ली द बेस्ट’ भनेझैँ चमकधमक–तडकभडकमा होइन, साधारण पहिरनमै जो–कोही राम्रो देखिन सक्छ । तर, त्यसमा कलर, फिटिङको कुरा आउँछ । बजारमा चलेको फेसन भनेर हुँदैन, सबैलाई नसुहाउन पनि सक्छ । पछिल्लो समय नेपालमा भित्रिएको कोरियन फेसनकै कुरा गरौँ । कोरियन फेसन नेपालमा अत्यधिक चलेको र मन पराइएको फेसन हो । कोरियन फेसन सबैलाई सुहाउने भन्ने हुँदैन । फेसन मानिसको शारीरिक बनावट, छालाको रंग, उचाई हेरी हुन्छ । कोरियन फेसन विशेषगरी जनजाति युवालाई सुहाएको देखिन्छ । अरु धेरै कमलाई मात्र सुहाएको देखिन्छ । त्यसैले आफूलाई सुहाउँदैन भने कहिलेकाहीँ चलेको फेसन पनि त्याग्नुपर्छ ।
फेसनको आफ्नै महत्त्व छ । आफूलाई सुहाउने खालको फेसन गरेर हिँड्दा आत्मविश्वास बलियो हुन्छ । मानिस अगाडि बढ्ने, प्रगति गर्ने आत्मविश्वासले नै हो । सबै कुरा छ तर आत्मविश्वास छैन भने जीवनमा प्रगति हुँदैन ।जाडो छेकेर पनि फेसनेबल देखिन सकिन्छ
फेसनको कुरा गर्दा मौसम जोडिएर आउँछ— गर्मी र जाडो । गर्मीमा लगाउने र जाडोमा लगाउने ड्रेसमा त फरक हुन्छ नै । यो जाडोको मौसम हो । भन्ने गरिएको छ कि फेसनका लागि जाडो अफ सिजन हो, मलाई त बिल्कुलै गलत लाग्छ । जाडोमा पूरै शरीर ढाकेर हिँड्नुपर्छ । पूरै शरीर ढाक्दैमा फेसनेबल नदेखिने होइन । अंग प्रदर्शन मात्र फेसन होइन । फेसन गर्न जान्ने हो भने जाडोमा पनि उत्तिकै सेक्सी देखिन सकिन्छ । नजान्नेलाई त गर्मीमा पनि इस्टाइलिस देखिँदैन । मेरो आभानी अपारेल्समा आउने हरेक ग्राहकलाई मैले आफूले जानेसम्मको जाडोको फेसन सिकाउँछु । सामान बिकाउने मात्र मेरो उद्देश्य होइन । मेरोमा सामान किन्ने ग्राहक स्टाइलिस देखिँदा मात्रै म सन्तुष्ट हुन्छु । नत्र तपाईंलाई सुहाएन भनेर फर्काइदिन्छु । जाडो छेक्ने, स्टाइलिस देखिने गरी पनि कपडा लगाउन सकिन्छ ? प्रस्तुति : फातिमा बानुखबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण