‘घरबार नछाडेका’ पूर्व राजालाई प्रधानमन्त्री ओलीको जवाफ
काठमाडौं – आफूले दरबार छाडे पनि घरबार नछाडेको पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशलाई जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ बताएका छन् । राप्रपा नेपालले २ सय ९४ औं पृथ्वी जयन्तीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्व राजालाई जवाफ फर्काएका हुन् ।
पृथ्वीनारायण शाहको सान्दर्भिकता सधै रहँने बताउँदै ओलीले भने, ‘गणतन्त्रमा हिजो गरेका कामको सान्दर्भिकता हुँदैन भन्ने होइन। अहिले ल्यापटप र कम्प्युटर छ भन्दैमा कलमले कापीमा लेखको महाभारतको सान्दर्भिकता सकिन्न। कम्प्युटर र ल्यापटप आयो भन्दैमा हिजो कापी कलमले लेखिएको महाभारत र रामायणको सन्दर्भिकता सकिँदैन’
मधेसी मोर्चका नेता महन्थ ठाकुरको कलिलो राष्ट्रको टिप्पण्ीको पनि प्रधानमन्त्री ओलीले खण्डन गरे । ‘यहाँ केहीकेहीले राष्ट्र कलिलो छ भनेका छन्। के हिमाल कलिला छन्, पहाड कलिला छन् ?,’ प्रम ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण