एकता दिवस : गणतन्त्रवादीलाई राजावादीको स्वागत (फोटोफिचर)
काठमाडौं – राजावादीहरुले २९४ पृथ्वी जयन्ती आज विभिन्न कार्यक्रम गरि मनाए । सरकारले पृथ्वी जयन्ती नमनाएपनि राजावादीहरुले पृथ्वीजयन्ती मनाएका हुन् । सरकारीस्तरबाटै पृथ्वी जयन्ती मनाउन माग भएपनि त्यसको सुनुवाई नभएपछि सरकारमा रहेको राप्रपा नेपालले आज राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा बृहत चियापानको आयोजना गरेको छ । चियापानमा विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका अधिकारी, निजामति कर्मचारी, सुरक्षा निकाय तथा राजावादीहरुको बाक्लो उपस्थिति रहेको थियो । सरकारले पृथ्वी जयन्ती नमनाउने निर्णय गरेपनि सरकारकै प्रधानमन्त्री चियापानमा सरिक भए । गणतन्त्रवादी उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका राजावादी नेताहरुले स्वागत गरेका थिए । यस्तै गणतन्त्र नेपालका विभिन्न मन्त्री तथा नेताहरुलाई पनि थापालगायतका राजावादी नेताहरुले स्वागत गरेका थिए । राजतन्त्रलाई अस्वीकार गर्ने गणतन्त्रवादी नेताहरु राजावादीको चियापान समारोहमा सहभागि हुँदाको माहौललाई फोटो पत्रकार बिजु महर्जनले यसरी क्यामेरामा कैद गरेकी छन्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण