प्रमोद खरेलको ‘लाग्छ आज’ बोलको गीत सार्वजनिक (भिडियो)
मङ्गलबार, २८ पुस २०७२, ०९ : ०३
काठमाडौं–नेपाली गीत संगीतका पारखिहरुका लागि चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ आज’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा मुक्ती बाबु, स्मृती आचार्य र बिक्रम अर्यालको जोडदार अभिनय देख्न पाइन्छ । विश्व देभकोटाको निकै उत्कृष्ट मन छुने शब्द रहेको उक्त गीतमा संगीत बिबी अनुरागिको रहेको छ । स्मृती आचार्यले अभिनय गरेको पहिलो म्युजिक भिडियो हो भने उनी जापान रहेका नेपाली सामाजिक संस्थाहरुको विभिन्न संघ–संस्थामा रहेर काम गर्दै आएकी छन् ।
बिष्णु बस्नेतको निर्देशन रहेको उक्त्त भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन् भने भिडियोको छायांकन जापानको विभिन्न ठाउँमा गरिएको थियो । निर्देशकले अत्यन्तै राम्रो कथा बस्तु र मेहेनत गरेको भिडियोमा देख्न सकिन्छ । जीवनमा प्रेमको कति आवश्यक छ भन्ने कथा वस्तुलाई मुक्ती बाबु र स्मृती आचार्यको माध्यमबाट भिडियोमा उतार्न सफल भएका छन् निर्देशक बस्नेतले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण