एमालेद्वारा नगरपालिकामा तालाबन्दी
बैतडी–नगरपालिका गठन गरिने कर्मचारी पदपूर्ति समितिको संयोजकमा दयाकृष्ण भट्टलाई एकलौटी रुपमा घोषणा गरिएको भन्दै नेकपा (एमाले)ले सोमबारदेखि दार्चुलाको अपि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
नगरपालिकामा कर्मचारी अभाव भएपछि काम गर्न समस्या भएको र कर्मचारीको पदपूर्तिका लागि पदपूर्ति समितिले पूर्णता नपाउँदा अपि नगरपालिकामा कर्मचारी अभाव रहेको थियो ।
राजनीतिक विवादका कारण हालसम्म पदपूर्ति समितिले पूर्णता पाएको थिएन । अपि नगरपालिकाको तेस्रो नगर परिषद्को समापन गर्ने बेलामा नगरपालिकका कार्यकारी अधिकृत वीरेन्द्रसिंह धामीले नेपाली काँग्रेस समर्थक दयाकृष्ण भट्टलाई समितिको संयोजकमा चयन गरिएको घोषणा गरेपछि नेकपा (एमाले) का प्रतिनिधि गणेश जोशीले विरोध जनाएका थिए ।
राजनीतिक पार्टीहरुसँग छलफल नगरीकनै संयोजक तोकिएको भन्दै नगरपालिकामा एमाले समर्थकहरुले तालाबन्दी गरेका छन् । नेकपा (एमाले)ले प्रेश विज्ञप्ति जारी गरी नेपाली काँग्रेसले दिएको आर्थिक प्रलोभनमा परी पद र प्रतिष्ठाको ख्याल नगरी कार्यकारी अधिकृतको अभद्र व्यवहारप्रति खेद प्रकट गरेको छ ।
साथै स्थानीय प्रशासनलाई छानबिनका लागि अनुरोध गर्ने र आजदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको अपि नगरपालिका, दार्चुलाका नेकपा ९एमाले०का प्रतिनिधि गणेश जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण