मानवअधिकारकर्मीसहित सत्ता रुढ दलका नेताले सद्भावनाको हस्ताक्षर अभियानमा हस्ताक्षर गरे (फोटोसहित)
जलेश्वर–जारी मधेस आन्दोलनमा प्रहरीले गरेको व्यापक दमन र सद्भावनाका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको ज्यान लिने उद्देश्यले गरिएको प्रहरी आक्रमण विरुद्ध सद्भावनाको पूर्व घोषित कार्यक्रमअनुसार आइतबार महोत्तरीको ग्रामिण क्षेत्र र सोमबार सदरमुकामस्थित दुर्गाचोकमा हस्ताक्षर संकलन गरिएको छ । सद्भावनाका युवा नेता लालवावु यादवको अगुवाईमा गरिएको हस्ताक्षर अभियानमा स्कुले बालबालिका, युवा, नेता, नागरिक समाज, सर्वसाधारण, वकिल, विभिन्न पेशाकर्मीका साथै पत्रकारहरु स्वस्फुर्तरुपमा आई हस्ताक्षर गरेका थिए । जारी आन्दोलनमा मानवअधिकारको प्रहरीद्वारा घोर उल्लंघन भएको भन्दै मानवअधिकारकर्मीहरुले समेत हस्ताक्षर गरेर प्रहरी दमनको विरोध गरेका छन् । अभियानमा नेपाली काँग्रेस, एमाले र माओवादीलगायत सत्तामा रहेका अन्य दलका नेता तथा कार्यकर्ताहरुले समेत व्यक्तिगत रुपमा प्रहरी दमनविरुद्ध हस्ताक्षर गरेर अभियानको समर्थन गरेका छन् । विगत ५ महिनामा प्रहरीले प्रदर्शनकारी उपर गरेको गोली र लाठी प्रहारले विश्वमा नै नेपाल प्रहरीको काम कारवाहीमाथि प्रश्न उठेकोले प्रहरीले आफ्नो छवि सुधार्न निक्कै संयमता र धैर्यता अपनाउनुपर्ने मानवअधिकारकर्मी एवं पत्रकारहरुको ठम्याई छ । आन्दोलनमा प्रहरीले मानवअधिकारकर्मी र पत्रकारहरुमाथिसमेत दुव्र्यवहार, हातपात, धरपकडका क्रियाकलापहरु विभिन्न ठाउँमा गर्दैै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण