घरबाट बोलाएर अपहरणमा परेका आठ वर्षीय बालकको शव फेला
गौशाला–महोत्तरीको भटौलिया गाविस– २ बाट शनिबार राति अपहरणमा परेका एक आठ वर्षीय बालकको गएराति शव फेला परेको छ ।
भटौलिया– २ बस्ने रवीन्द्र महासेठका छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई हत्या गरेर एकडारा बेला– ७ स्थित गहुँ खेतमा खाल्डो खनी गाडेको अवस्थामा उनको शव गएराति १२ बजे प्रहरीले फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अपहरणकारीहरुले शनिशार राति करिब ७ बजेतिर बालक महासेठलाई अपहरण गरी लगेर कर्तव्य गरी मारेर गाडेकोमा जिल्ला प्रहरीले आइतबारदेखि विशेष खोज तलास र अनुसन्धान गर्दै जाँदा राति १२ बजे एकडारा– ७ स्थित गहुँ खेतमा गाडिएको अवस्थामा बालक महासेठको शव फेला पारेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
घर बाहिर बोलाएर आठ वर्षीय बालकलाई गरे अपहरण
घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले स्थानीय एक युवकसहित तीनजनालाई आइतबार नै नियन्त्रणमा लिएर उनीहरुकै सहयोगमा बालकलाई गाडिएको ठाउँबाट शव बरामद गरेको हो । थप अनुसन्धान जारी रहेको जिप्रका, महोत्तरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण