सीमावर्ती बजार वनवसामा नेपाली दम्पती लुटिए
कञ्चनपुर–भारतको बैङ्गलोरबाट फर्कंदै गरेका दार्चुलाको शङ्करपुर गाविस– ५ का ३० वर्षीय प्रकाश धामी र उनकी श्रीमती १९ वर्षीय लक्ष्मी धामीसँग रहेको रकम लुटिएको छ ।
सोमबार सीमावर्ती बजार वनवसा हुँदै महेन्द्रनगरतर्फ आउँदै गरेका दम्पतीलाई मोटरसाइकलमा आएका तीनजना लुटेराको समूहले वनवसाको आमबगैँचा नजिक छुरी देखाइ उनीहरुसँग रहेको १५ हजार भारतीय रुपैयाँ लुटेर लगेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ ।
पैसा लुटिएपछि बेखर्ची भएका दम्पतीलाई निड्स नामक गैरसरकारी संस्थाले बसभाडा उपलब्ध गराई घरतर्फ पठाएको छ । लुटेराहरुको खोजीका लागि भारतीय प्रहरीको सहयोगमा इप्रका गड्डाचौकीबाट प्रहरी परिचालित भएका छन् ।
कुखुरा फर्ममा आगलागी हुँदा एक लाख बढीको क्षति
कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ५ वन समितिका जयबहादुर धानुकको कुखुरा फर्ममा सोमबार आगलागी हुँदा रु एक लाख ५३ हजार बराबरको क्षति भएको छ ।
फर्ममा प्रयोग हुँदै आएको विद्युत् लाइनमा विद्युत् प्रवाह भई इन्भर्टरबाट आगो सल्किएर आगलागी हुँदा ४२० वटा कुखुराका चल्ला जलेर मरेको धानुकले बताए ।
इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण