मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शसस्त्र प्रहरीका श्रीमती ग्यास र पेट्रोल तस्करी गरेर मालामाल

मङ्गलबार, २८ पुस २०७२, १० : ०५
मङ्गलबार, २८ पुस २०७२

पोखरा– शसस्त्र प्रहरीका श्रीमतीहरु अभावको ग्यास र डिजेल पेट्रोल वितरण गरेर मालामाल भएको खबर छ । पोखराको कालिका गणमा कार्यरत अधिक शसस्त्र प्रहरीका श्रीमतीहरु पोखराको मालेपाटनका विभिन्न घरमा भाडामा बस्छन् । उनीहरुका श्रीमानहरुले गणबाट पेट्रोल र ग्यास सुविधा पाउँछन् ।

सशस्त्रले सञ्चालन गरेको कालिका फ्युल स्टेशनमार्फत श्रीमान्ले रातारात इन्धन ओसार्ने श्रीमतीहरु जर्किनका जर्किन इन्धन बिक्री गर्ने गरेको भेटिएको छ । हाम्रो घरमा एकजना सशस्त्र प्रहरीकी श्रीमती बस्छिन् । श्रीमानले कालिका गणमा काम गर्छन् । उनले पेट्रोल र ग्यास बोकेर आउँछन् । मध्यरातमा ग्राहकले घर नै भरिन्छ, पोखराको मालेपाटनका एक घरधनीले बताए । सशस्त्र प्रहरीका श्रीमतीले अहिले गणबाट श्रीमानले ओसारेको इन्धन र ग्यास बिक्री गरेर लाखौं रुपैयाँ कमाएको ती घर धनीले बताए । पोखराको मालेपाटनस्थित कालिका गणका झण्डै १५ सय जवानमध्ये धेरैजसो भित्रै बसेपनि अधिकांश विवाहित सशस्त्र प्रहरीहरु पोखराको मालेपाटनलगायतका विभिन्न स्थानमा डेरा लिएर श्रीमतीसँग बस्दै आएका छन् । गल्ती गर्ने जो कोहीलाई पनि कारवाही गर्ने बताउँदै आएका गणपति फणिन्द्र पौडेलको आदेशलाई समेत अटेरी गर्दै सशस्त्रका जवानले श्रीमतीलाई इन्धन र ग्यासको व्यापारी बनाएपछि सर्वसाधारण नागरिकहरु मर्कामा परेका छन् । आफ्नो मान्छे छानी–छानी पोखरामा ग्यास वितरण यता उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले ग्यास र इन्धन तस्करी गर्नेहरुलाई तत्काल कारवाही गर्नुपर्ने बताएका छन् । जोसुकै किन नहोस् लाईनमा बसेकोलाई वाइपास गर्न पाईदैँन, लाईन छोडेर आफ्ना ग्राहक छान्नु वदमासी भएको उनको भनाई छ । उपभोक्ता ऐन २०६४ विपरित अभावको बेला कालोवजारी गर्ने जो कोहीलाई पनि छोड्न नहुने उनको भनाई छ ।

सोमवार पोखरामा गृहलक्ष्मी ग्याँस वितरण गरिदैँ थियो । अघिपछि गृहलक्ष्मी र शक्ति ग्याँस कति बाँडिदैछ भन्नेबारे जिल्ला आपूर्ति समिति कास्कीले अघिल्लो दिन नै सूचना जारी गर्दै आएको थियो । तर, सोमवार जिल्ला आपूर्ति समितिले मिडियालाई सूचना जारी गरेन् । प्रशासन कार्यालयमा लाईन नभएर कुनैपनि मिडियामा सूचना नदिएको प्रशासन स्रोतले बताएको छ ।

केही नागरिकले ग्याँस वितरणबारे थाहा पाए र ग्याँसको लाईनमा गए । आपूर्ति समितिले तोकेका बिक्रेताहरुले हिजो पोखरामा बेइमानी गर्दा धेरै नागरिकले सास्ती पाएका छन् ।

एक बुलेट अर्थात् २५ सय आधा भरिएका सिलिण्डर ग्याँस वितरण हिजो गरिएको छ । तर, विक्रेताले लाईनमा वसेका उपभोक्तालाई पाखा लगाएर आफ्नो पसलबाट सामान किन्नेलाई मात्र ग्यास वितरण गरेका छन् ।

पोखराको मालेपाटनस्थित विचार चौतारी नजिकै रहेको एक डिपोमा लाईनमा बसेका शिवप्रसाद शर्माले हिजो ग्यास नपाएको गुनासो गरे । त्यहाँका विक्रेताले आफ्नोबाट सामान किन्नेलाई मात्र ग्याँस दिने बताएपछि उनी निरास भएर फर्केका थिए । उनी जस्ता धेरै नागरिक त्यसै गरी फर्किएका छन् ।

यता पोखराको रानीपौवास्थित पुरानो धारामा त हिजो विहान ग्यास लाईनमा हात हालाहाल नै भएको छ । विक्रेताले लाईनमा बसेका नागरिकलाई वाइपास गर्दै आफ्ना ग्राहक छानेपछि यस्तो अवस्था आएका पोखरा रानी पौवाका स्थानीय धनीराम सापकोटाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप