आफ्ना अधिकार रक्षा गर्दै रसिया पश्चिमसँग सहकार्य गर्न तयार
रसिया– रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को आफ्ना अधिकारलाई नगुमाईकन पश्चिमसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सोमबार जर्मनीको बिल्ड पत्रिकासँगको अन्तरवार्ताका क्रममा रसियाली राष्ट्रपति पुटिनले यो कुरा बताएका हुन् ।
रसियाले आफ्ना हित सुरक्षा विवादरहित रुपमा संरक्षण गर्दै अन्य विश्वसँग सहकार्य गर्न सधैँ तयार रहने पुटिनको भनाई छ । रसियाले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लागू भएको कानुनलाई मान्न तयार रहेको र यो सबैका लागि समान हुनुपर्ने पुटिनले बताए ।
पश्चिमीको रसियाविरोधी ‘दण्डविधान’ लाई ‘मूर्ख र हानीकारक निर्णय’ बताउँदै पुटिनले भने, “हरेक राष्ट्रको आपसी विकास र साझा समस्यालाई समाधान गर्न हरेक राष्ट्र सामथ्र्यवान रहेका छन् ।”
हामी साझा चुनौती सामना गर्दैछौँ र हामी अझै चाहन्छौँ यूरोप तथा अन्य विश्वका राष्ट्रहरुले आपसी रुपमा ब्याप्त यी चुनौतीको सामना गर्नुपर्छ, रसियाली राष्ट्रपतिले सम्पूर्ण विश्व समुदायलाई आग्रह गरे ।
साझा चुनौती के हुन् भन्नेबारे थप ब्याख्या गर्दै राष्ट्रपति पुटिनले भने, विश्वसामु आतङ्कवाद मुख्य चुनौतीका रुपमा आएको भए पनि यो नै एक मात्र समस्या नभई मानव बेचविखन, वातावरण सुरक्षा र धेरै अन्य बिषय हाम्रा साझा चुनौती रहेका छन् ।
रसियाले अन्य राष्ट्रले निर्णय गर्ने यो वा त्यो विषय मान्ने पर्छ भन्ने भने छैन । कुनै पनि निर्णय रसियाको विरुद्धमा हुने उद्देश्यका साथ आएमा यसलाई स्वतन्त्र रुपमा निर्णय गर्ने अधिकार आफूहरुको भएको राष्ट्रपति पुटिनले बताए ।
यसैबीच शीतयुद्धको अन्त्यभएपछि पनि युरोपमा रहेको विभाजन अझै हल हुन नसकेकोमा पुटिनले दुःख व्यक्त गरे ।
नेटो शक्तिको पूर्वी क्षेत्रमा भएको विस्तार बाहेक पनि क्षेप्यास्त्रप्रतिरोधी प्रणाली सुरक्षाको दृष्टिकोणबाट एउटा समस्याको विषय बनेको र यो युरोपमा इरानी आणविक चुनौतीको स्थिति देखाउँदै विकास गरिएको पनि उनले बताए ।
राष्ट्रपतिले पश्चिमा राष्ट्रको सैन्य हस्तक्षेप इराक, लिबिया र अन्य मुलुकमा देखिएको हस्तक्षेपको पनि कडा आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण