मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भूकम्पले जन्माएको ‘नयाँ घर’ (फोटोफिचर)

मङ्गलबार, २८ पुस २०७२, १२ : २८
मङ्गलबार, २८ पुस २०७२

काठमाडौं – सरकारले भूकम्प प्रतिरोधि घरहरुको नमूना सार्वजनिक गरिरहँदा भुकम्पपिडित बस्तीमा भने नयाँ–नयाँ डिजाइनका घरहरु बन्न थालिसकेका छन् । भूकम्पले भत्काएको सिन्धुपाल्चोकका बस्तीहरुमा अहिले त्रिपालको झुपडी बिरलै भेटिन्छन् । भूकम्पपछि खण्डहर बनेका बस्तीतिर आजकल नयाँ घर देखिन थालेका छन् ।

पक्की घर बनाउन नसके पनि भूकम्पपीडितहरुले अस्थायी घर बनाउन थालिसकेका छन् । स्थानीयस्तरमा पाउने वाँस निगालो र काठलाई पुनःप्रयोग गरेर भूकम्प प्रतिरोधी घर निमार्ण गरिएको हो । धेरै घरहरुमा पुराना काठ टिन र जस्ता प्रयोग भएका छन् ।

सिन्धुपाल्चोकका भूकम्पपिडित बस्तीमा पुग्दा केही नयाँ र लोभलाग्दा घरहरु भेटिए । तुलनात्मक रुपमा व्यवस्थित झैं लाग्ने नयाँ घरहरु ठूलो लागतमा बनेका छैनन् तर आकर्षक भने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप