रोहितको किर्तिमानी शतकको मद्दतले अस्ट्रेलियालाई ३१० रनको चुनौती
पर्थ – रोहित शर्माले अविजित रहँदै शतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय खेलमा जीतका लागि ३ सय १० रनको चुनौती प्रस्तुत गरेको छ । पर्थमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ९ रन बनायो । भारतको शुरुवात भने राम्रो हुन सकेन । छैटौं ओभरमा नै ९ रन बनाएका शिखर धवनलाई गुमायो । तर, त्यसपछि आएका विराट कोहलीसँग रोहितले रकेर्ड साझेदारी गर्दै भारतलाई विशाल लक्ष्यतर्फ अघि बढाए । रोहित र कोहलीले दोस्रो विकेटका लागि २ सय ७ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि अस्ट्रेलियाविरुद्ध भारतको लागि यो सर्वाधिक ठूलो साझेदारी हो । रोहितले १ सय ६३ बलको सामना गर्दै १३ चौका र ७ छक्काको मद्दतले १ सय ७१ रन बनाए भने जेम्स फकनरको बलमा आउट हुनअघि विराटले ९१ रन बनाए । रोहितले १ सय ५० रनभन्दा बढी व्यक्तिगत स्कोर बनाएको यो चौंथो अवसर हो । उनीभन्दा सचिन तेन्दुलर मात्र अगाडि छन् । रोहित अस्ट्रेलियाविरुद्ध सबैभन्दा चाँडो १ हजार रन पूरा गर्ने खेलाडी पनि बनेका छन् । रोहितले बनाएको १ सय ७१ रन अस्ट्रेलियामा पाहुना टोलीको ब्याटसम्यानले बनाएको सबैभ्न्दा उच्च स्कोर हो । यसअघि यो रकेर्ड भिभ रिचर्डको नाममा थियो । अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा भारतले बनाएको यो सर्वाधिक ठूलो स्कोर हो । अस्ट्रेलियाका लागि जेम्स फल्कनरले २ विकेट लिए भने जस हेजलवुडले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण