ओबामाको आँसु ‘प्याजको आँसु’ : फक्स न्युज
वासिंगटन – अमेरिकी न्युज च्यानल फक्स न्युजले अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्याजको रस प्रयोग गरेर रोएको नाटक गरेको आरोप लगाएको छ । न्युज च्यानलकी प्रस्तोता एन्ड्रिया ट्यानटारोसले उक्त आरोप लगाएकी हुन् ।
गत जनवरी ५ का दिन ह्वाइट हाउसमा आयोजित हतियार नियन्त्रण गर्ने नीति ल्याउने घोषणा गर्ने कार्यक्रममा ओबामा भाषणको बीचमा रोएका थिए । तीन सालअघि कन्टिकटको न्यु टाउनमा २० जना बालबालिकाको ज्यान जाने गरी भएको गोलीकाण्डको स्मरण गरिरहँदा ओबामा भावुक बनेका थिए ।
‘जब म ती बालबालिकाहरुको बारेमा सोँच्छु, म पागलजस्तै हुन्छु,’ यति भन्दै उनी मञ्चमा नै रोएका थिए । उक्त कार्यक्रममा ओबामाले हतियारको लाइसेन्सको प्रक्रियालाई कडा बनाउने घोषणा समेत गरेका थिए ।
तर, एन्ड्रियाले भने ओबामा राएको घटनालाई नाटकको संज्ञा दिएकी छिन् । ‘ओबामाले जस्तो इमोसन देखाए त्यसमा भरोसा गर्न सकिन्न,’ उनले भनिन्, ‘म भएको भए पोडियम चेक गर्थें, कतै त्यहाँ प्याज त राखिएको थिएन ? म यति मात्र भन्न चाहन्छु कि उनी भरोसा गर्न लायक छैनन् । यो त अवार्ड कार्यक्रमजस्तो भयो ।’ कार्यक्रमकी प्रस्तोता मेलिसा फ्रान्सिसले पनि ओबामाको भावुकतालाई ‘ब्याड पोलिटिकल थिएटर’ को संज्ञा दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण