मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

तस्विरमा बालोन डि’ओर : जब मेस्सीले रचे नयाँ इतिहास

मङ्गलबार, २८ पुस २०७२, १५ : ५५
मङ्गलबार, २८ पुस २०७२

जुरिच – बार्सिलोनाका फरवार्ड लिओनल मेसीले बालोन डि’ओर अवार्ड जितेका छन् । क्रिस्टियानो रोनाल्डो र नेयमारलाई पछि पार्दै मेसीले यो उपाधि चुमेका हुन् । योसँगै मेसी पाँचौपटक उत्कृष्ट खेलाडीको उपाधि चुम्न सफल भएका छन् । २८ वर्षीय अर्जेन्टिनी खेलाडी मेसीले ४१.३३ प्रतिशत भोट पाएका थिए । रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले २७.७६ र बार्साका नेयमारले ७.८६ प्रतिशत भोट पाएका थिए । लागतार दुई पटक यस उपाधि जितेका रोनाल्डोले यस पटक ह्याट्रिक बनाउँदै मेस्सीको किर्तिमान बराबरी गर्ने होडमा थिए । तर, फेरि एक पटक मेस्सीले उनलाई पछि पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप