मेस्सीका समर्थकद्वारा रोनाल्डोको मूर्तिमाथि तोडफोड
बुधबार, २९ पुस २०७२, ०९ : ११
मडेरिया — क्रिस्टियानो रोनाल्डोको गृहनगर मडेरियामा स्थापना गरिएको मूर्तिमाथि लियोनेल मेस्सीका समर्थकहरुले तोडफोड गरेका छन् । मेस्सीले किर्तिमानी ५ औं पटक बालोन डि ओर उपाधि जितेपछि रोनाल्डोको मूर्तिमा तोडफोड भएको हो । मडेरियाको राजधानी फुन्चालमा सन् २०१४ मा रोनाल्डोको मुर्ति स्थापना गरिएको थियो । मेस्सीका समर्थकहरुले मूर्तिमा तोडफोड गर्नुका साथै मुर्तिमा मेस्सीको नाम र जर्सी नम्बर पोतिदिएका छन् । रोनाल्डोकी बहिनी काटिया अभेयिरोले मेस्सीका समर्थकहरुको यस हर्कतको विरोध जनाउँदै आक्रोश व्यक्त गरेकी छिन् । उनले यस्तो हर्कत गर्नेलाई सजाय दिनुपर्ने बताउँदै उनीहरु पर्चुगलभन्दा सिरियामा बस्न लायक भएको प्रतिक्रिया दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण