धरौटी बुझाउन नसक्दा कारागारमा, एक पक्राउ
भक्तपुर–सार्वजनिक जग्गा कीर्ते गरी व्यक्तिका नाममा ल्याउने अभियुक्त दुई जनालाई भक्तपुर जिल्ला अदालतले माग गरेको धरौटी बुझाउन नसकेपछि मङ्गलबार कारागार चलान गरिएको छ ।
अदालतका स्रेस्तेदार खड्गराज अधिकारीले कीर्तेमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मोरङ हात्ती गौडा–६ घर भई भक्तपुर–१६, लोकन्थली बस्ने देवराज केसी र दोलखा नाम्मु–४ घर भई हाल काठमाडौं गौशाला बस्ने मोतीप्रसाद घिमिरेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए । अदालतले केसीसँग रु ८५ लाख र घिमिरेसँग रु ५० लाख धरौटी माग गरेकामा बुझाउन सकेनन् । विसं २०६२ मा मध्यपुरथिमी नगरपालिका–१६ स्थित दिव्येश्वरी कुशल भैरव थलीको रु सात करोड ७४ लाख ५० हजार बराबरको चार रोपनी छ आना एक पैसा जग्गा कीर्ते गरी काठमाडौं महानगरपालिका–४ बालुवाटार ललित निवासका सुवर्णशम्शेरका नाति, कनकशम्शेरका छोरा हेमाद्रीका नाममा ल्याउने काममा संलग्न रहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको अनुसन्धानमा मालपोत कार्यालयका फाँटवाला खरिदार केसी, लेखनदास घिमिरे, घिमिरेकै पत्नी पार्वती र अधिवक्ता युवराज कोइरालाको समेत संलग्नता पाइएपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेको दुई जना कारागार चलान भएलगत्तै फरारमध्येका अधिवक्ता कोइरालालाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले मङ्गलबार नै डिल्लीबजारबाट पक्राउ गरेको छ । फरारमध्येका हेमाद्रीशम्शेर र पार्वतीको भने खोजी जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता शेखर खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण