मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

चेतावनीस्वरुप भन्दै सिराहमा बम बिस्फोट

बुधबार, २९ पुस २०७२, १६ : ५५
बुधबार, २९ पुस २०७२

सिराह–सिरहामा मंगलबार साँझ बम बिस्फोट भएको छ । सिरहाको नयाँ चौक चोहर्बामा रहेको गोपाल पेट्रोल पम्पमा बम बिस्फोट गरिएको छ । ५ महिनादेखि तराई मधेसमा आन्दोलन जारी रहेपनि गोपाल पेट्रोल पम्पले इन्धन कालोबजारी गरिरहेकोले चेतावनीस्वरुप बम बिस्फोट गराइएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रीय अध्यक्ष धर्ती सिंहले जानकारी दिए । इन्धन कालोबजारी नगर्न भनेपनि नमानेकोले चेतावनीस्वरुप बम बिस्फोट गराइएको अध्यक्ष सिंहले दाबी गरे । जनतान्त्रिक तराई जनशक्ति पार्टीका केन्द्रिय अध्यक्ष धर्ती सिंहको नेतृत्वमा पार्टीका जिल्ला इन्चार्ज अबिनास सिंहसहितका कार्यकर्ताहरुको समूहले बम बिस्फोट गराएको बताइएको छ । बम बिस्फोटले स्थानीयहरु त्रसित भएका छन् । यसैबीच, मधेस विरोधी संविधानमा हस्ताक्षर गर्ने सभासद्हरुलाई पनि सरकार छाडेर तराई झर्न आह्वान गरिएको जनतान्त्रिक तराई जनशक्ति पार्टीका अध्यक्ष सिंहले बताए । यता, ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी उपरिक्षक श्याम सिंह चौधरीले उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप