विश्वशान्तिका लागि सोह्र वर्षदेखि मौनव्रत
बुधबार, २९ पुस २०७२, १० : १२
म्याग्दी–जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै २०५६ सालदेखि निरन्तर मौन व्रत बस्दै आएका छन् ।
विश्वमा व्याप्त अशान्ति, क्रोध, गरिबी, हत्या र हिंसाले आक्रान्त मानिसको दिनचर्यालाई देखेपछि त्यसबाट वाक्क लागेर आफूले मौनव्रत लिएको जानकारी उनले कापीमा लेखेर दिए ।
विश्वकल्याणको कामनासहित फलाहार बसेर दैनिक भागवत, गीता, महाभारत लगायत धार्मिक ग्रन्थको पारायण गर्दै मङ्गलाघाटमा भेटिएका रामानन्दले विश्वमै शान्ति कायम नहुन्जेल आफूले अन्न पनि सेवन नगर्ने र मौनव्रत पनि नछाड्ने दृढता व्यक्त गरे । सोह्र वर्षसम्म लगातार व्रत बसेको सुनेर जिल्लाका विभिन्न स्थान, बागलुङ, पर्वत, कास्की, काठमाडौँ लगायत स्थानबाट मानिसहरु उनलाई दैनिकजसो भेट्न आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण