मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनको समर्थनमा सिरहामा म्याराथन

बुधबार, २९ पुस २०७२, १० : ३४
बुधबार, २९ पुस २०७२

सिरहा– मधेस आन्दोलनको समर्थनमा सिरहामा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । तराई मधेसमा जारी रहेको आन्दोलनको वार्ताको निकास निकाल्न आग्रह गर्दै सिरहा सदरमुकाममा म्याराथन दौड प्रतियोगिताको सम्पन्न भएको हो । जारी मधेस आन्दोलनको १५० औं दिनको अवसरमा १ सय ५० जनाको सहभागितामा म्याराथन दौड प्रतियोगिताको आयोजना गरी आन्दोलनको बल पुर्याइएको छ । प्रतियोगितामा बाजुमावि फुलबरीयाका रमेश कुमार यादव प्रथम, सिरहा नगरपालिका–२ का विजय कुमार यादव दोस्रो, कल्याणपुर डोकहाका राकेश कुमार यादव तेस्रो, अजय कुमार साफी चौथो र प्रदीप कुमार यादवले पाँचौं स्थान प्राप्त गरेका छन् । आदर्शनगर टोल विकास केन्द्रको आयोजनामा भएको खुल्ला म्याराथन दौड प्रतियोगिताका क्रमशः प्रथम पुस्कार नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देव कुमार यादव, दोस्रो पुरस्कार केन्द्रका सदस्य पवन यादव, तेस्रो पुरस्कार पत्रकार सुरेन्द्र कुमार कामति, चौथो पुरस्कार विवेक यादव र पाँचौ पुरस्कार लक्ष्मण साहले प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप