मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

बुधबार, २९ पुस २०७२, १० : ४५
बुधबार, २९ पुस २०७२
वीरगन्ज–पर्साको ग्रामिण क्षेत्रमा मंगलबार दिउँसो जंगली हात्तीको आक्रमणबाट एक जना वृद्वको मृत्यु भएको छ ।  पर्साको ठोरी गाविस वडा नम्बर–८ गौतमनगर डाडाटोल घर भएका ७० वर्षीय हस्त बहादुर गोलेको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घर नजिकैको चितवन राष्ट्रिय निकुञ्जको जंगलमा गाई चराउन गएका गोलेलाई जंगलभित्र रहेको पानीघाट भन्ने कुलोको छेउमा हात्तीले अक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो करिब दुई बजेतिर हात्तीले आक्रमण गरेपछि गोलेको दाहिने खुट्टा भाँच्चिएको र जीउ लतारिएको अवस्थामा शव फेला परेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । गोलसँगै जंगलमा गाइवस्तु चराउन गएका अरु दुई जना भने भागेर ज्यान जोगाएका थिए ।  मृतक गोलेको शव पोष्टमार्टमका लागि मंगलबार साँझ नै सदरमुकाम वीरगन्ज ल्याइएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । हिउँद मौसम शुरु भएदेखि नै ठोरीमा दिनहुँ जंगली हात्तीले उपद्रो मच्चाउँदै आएको छ ।  निकुञ्जको जंगलसँग जोडिएका ठोरीको गौतमनगर, हनुमान नगर, इच्छानगर र सरस्वती नगरको फारलाइन टोलमा जंगली हात्तीले उपद्रो मच्चाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप