८ वर्षीय बालकको अपरणपछि हत्यामा संलग्न ३ जनालाई पुर्पक्षका लागि थुनामा
जलेश्वर– महोत्तरीको भटौलिया गाविस घर भएका आठ वर्षीय बालकको अपहरणपछि हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले ३ जनालाई पक्राउ गरि अदालतबाट ५ दिनको म्याद लिइ थुनामा राखेको छ । अभियुक्तहरुले बच्चाको हत्या गरेको कवुल गरेपछि थप अनुसन्धानको लागि उनीहरुलाई थुनामा राखिएको प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिएका छन् । अभियुक्तहरु भटौलिया वडा नम्बर–३ का १९ वर्षीय अनिस कुमार साह, सोहि गाविस वडा नम्बर–२ का २१ वर्षीय सुधिर कुमार साह र वडा नम्बर–१ का १८ वर्षीय सावीर अंसारी रहेका छन् । साथै उनले पैसाको लागि बच्चाको अपहरण गरेको र सोहि क्रममा अपहरण भएको राती नै बच्चाको घाँटी थिची हत्या गरेको समेत स्विकार गरेको भएपनि यथार्थ भने थप अनुसन्धानपछि मात्र भन्न मिल्ने प्रउ भट्टराईले भने । आइतबार साँझ अपहरणमा परेका भटौलिया–२ निवासी रविन्द्र महासेठका ८ वर्षीय छोरा जेनिस भनिने चिरञ्जीवी महासेठको शव मंगलवार विहान २ बजे खोजतलासको क्रममा एकडारा बेला गाविस वडा नम्बर–७ स्थित रुप नारायण साहको गहुँ खेतको आली छेउमा गाडिएको अवस्थामा फेला परेको थियो । बालक भटौलिया–८ स्थित अमर ज्ञान इङलिस बोर्डिङ स्कुलको एलकेजीमा अध्ययनरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण