मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

माघ ६ गतेभित्रै सिमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने : एमाले सचेतक घर्ती

बुधबार, २९ पुस २०७२, १२ : २७
बुधबार, २९ पुस २०७२

दाङ– नेकपा (एमाले) का सचेतक गोकुल घर्तीले माघ ६ गतेभित्र संविधान संशोधन विधयक टुङ्गिएसँगै सिमानामा भइरहेको अवरोध पूर्णरुपमा हट्ने बताएका छन् ।

प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

मधेसी मोर्चाका मुद्दामा सरकार गम्भीर रहेको भन्दै घर्तीले संविधान संशोधन विधयकमार्फत आन्दोलन पक्षलाई सहमतिमा ल्याई नाका खोलिने उनको भनाई छ । उनले भारतसँग पटकपटक भएका कुटनीतिक छलफलबाट नै सीमाको समस्या कम हुँदै गएको बताए ।

राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको भन्दै उनले अब समृद्धिको यात्रा सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ । पत्रकार सम्मेलन चौतारी दाङका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप